
फिक्कल । इलामको सूर्योदय नगरपालिका–११ तीनघरेमा प्रथम सूर्योदय कप २०७९ हुने भएको छ । न्यु भिजन युथ क्लबको आयोजनामा आगामी चैत्र २४ गतेबाट प्रतियोगिता आयोजना गर्ने तयारी भएको हो । तीनघरे खेलमैदानमा आयोजना हुने प्र्रतियोगिताको बिजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैया प्राप्त गर्नेछ ।
प्रतियोगिता सेभेन साइडको रहने आयोजक समितिका विनोद अधिकारीले जानकारी दिए । खुल्ला फुटबल प्रतियोगिता भएकाले सहभागी टिमहरु हेरेर टाइसिट सार्वजनिक गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा मुस्ताङ बियर रहेको छ ।