Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

रग्बी प्रशिक्षणका लागि कराँते प्रशिक्षक चाम्लिङबाट खेलकुद सामाग्री

रग्बी प्रशिक्षणका लागि कराँते प्रशिक्षक चाम्लिङबाट खेलकुद सामाग्री

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र १९ २०७९


रग्बी प्रशिक्षणका लागि कराँते प्रशिक्षक चाम्लिङबाट खेलकुद सामाग्री

फिक्कल । इलामको सूर्योदय नगरपालिकामा रग्बी खेल अघि बढाइने भएको छ । नगर खेलकुद विकास समितिले रग्बी खेललाई सूर्योदय नगरपालिकामा भित्र्याउने प्रयास थालेको हो । रग्बी प्रशिक्षणका लागि कराँते प्रशिक्षक एवम अन्तराष्ट्रिय रेफ्री योगश चाम्लिङले एक थान रग्बी खेल खेलकुद समितिका अध्यक्ष शौरभ आचार्यलाई हस्तान्तरण गरेका छन् ।

गत फागुनमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा रग्बी सहभागिताका क्रममा रग्बी खेल प्रति सूर्योदयका विद्यार्थीहरु आर्कषित भएका थिए । विद्यार्थीहरुको क्रेजलाई देखेर चाम्लिङले रग्बी बल सौजन्य गरेका हुन् । रनिङ शिल्डमा ऐच्छिक खेलको रुपमा समावेश गरिएको रग्बीमा माई नगरपालिका र चुलाचुली गाउँपालिकाले मात्र प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताका क्रममा खेलाडीहरु रग्बी खेलबाट प्रभावित भएपछि प्रशिक्षण अघि बढाउन जिल्ला रग्बी संघसंग समन्वयको कार्य भइरहेको सूर्योदय नगर खेलकुद अध्यक्ष आचार्यले बताए । इलाममा रग्बी खेल एक बर्ष अघि मात्र भित्रिएपनि नेपालको उमेर समुह र सिनियर टिममा इलामक खेलाडीहरुले प्रतिनिधित्व गरिरहेका छन् ।

गत मंसिरमा सम्पन्न एसिया यु–१८ मा महिला तर्फ ३ जना र पुरुषमा १ जना खेलाडी थिए । नेपालको सिनियर महिला रग्बीमा सूर्योदय नगरपालिका–९ की विशाका राई रहेकी छन् । उनी यस बर्षको रग्बी बर्ष उत्कृष्ट खेलाडी समेत हुन् । चाम्लिङले रोङ कभर्ड हलमा व्याडमिन्टन अभ्यास गरिरहेका खेलाडीहरुलाई समेत खेल सामाग्री प्रदान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार