
फिक्कल : आत्मघाती गोलको मद्धतमा डिएससी रुङसुङ सूर्योदय नगरपालिकामा जारी कट्टेबुङ च्यालेन्ज कप फुटबलको फाइनलमा पुगेको छ । आज सम्पन्न अन्तिम सेमीफाइनल खेलमा युनाइटेड फिक्कललाई १–० गोल अन्तरले पराजित गर्दै रुङसुङले फाइनलमा स्थान बनाएको हो ।
खेलको १२ औ मिनेटमा रुङसुङका गोलरक्षकले प्रहार गरेको बललाई क्लियर गर्ने क्रममा फिक्कलका खेलाडीको हेडर आफ्नै जाली चुम्न पुगेको थियो । त्यसपछिको खेलमा गोल नभएपछि रुङसुङले कम्तीमा ५५ हजार सुरक्षित गरेको हो । रुङसुङले उपाधिको लागि अटो सेभेनसंग प्रतिस्पर्धा गर्नेछ ।
अटो सेभेन पहिलो सेमीफाइनलमा व्बाइज अफ योल्मोलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल आगामी चैत्र १८ गते हुनेछ । प्रतियोगिताको बिजेताले नगद १ लाख १० हजार र उपविजेताले ५५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा इलामका ३४ सहित झापा र भारतका १÷१ टोली सहभागीता रहेको थियो ।