Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कट्टेबुङ फुटबल च्यालेन्ज कप : अटो सेभेन फाइनल प्रवेश

कट्टेबुङ फुटबल च्यालेन्ज कप : अटो सेभेन फाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र १५ २०७९


कट्टेबुङ फुटबल च्यालेन्ज कप : अटो सेभेन फाइनल प्रवेश

फिक्कल । अटो सेभेन कट्टेबुङ फुटबल च्यालेन्ज कप २०७९ को फाइनल प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा व्बाइज अफ यल्मोलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै अटोसेभेनले कम्तीमा ५५ हजार सुरक्षित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोल भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । खेलको म्यान अफ दि म्याच अटो सेभेनका गोलरक्षक पुजन गुरुङ घोषित भए ।

दोश्रो सेमीफाइनल खेलमा डाइनामिक रुङसुङ र युनाइटेड फिक्कल बिच प्रतिस्पर्धा हुनेछ । चैत्र ११ गते फाइनल हुने गरी तय गरिएको प्रतियोगितामा खराब मौसमका कारण करिब एक साता धकेलिएको थियो । प्रतियोगिताको फाइनल आगामी चैत्र १८ गते हुनेछ । प्रतियोगिताको बिजेताले नगद १ लाख १० हजार र उपविजेताले ५५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा इलामका ३४ सहित झापा र भारतका १÷१ टोली सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार