ईलाम । नेपाल सरकारले सन्चालनमा ल्याएको वेरोजगार केन्द्रित प्रधानमन्त्री रोजगार कार्यक्रम ईलामका स्थानीय तहहरुमा धमाधम संचालन भईरहेको छ। 
जिल्लाको सबै स्थानीय तहहरुले सुचिकृत वेरोजगारहरु लाई विनियोजन भएको रकम को आधारमा १००दिन सम्म विकास , भौतिक पुर्वाधार निर्माणका काममा खटाई उक्त कार्यक्रम लाई कार्यान्वयन गरिरहेको छ। जिल्लाको फाकफोकथुम गाउँ पालिका मा झण्डै ७००को हाराहारीमा वेरोजगारहरु सुचिकृत भए पनि रोजगार कार्यक्रमको लागि ३०लाख मात्रै बजेट विनियोजन भएकोले साझेदारीमा पालिका मार्फत ५०लाख छुट्याईएको र त्यतिले पनि धान्न मुस्किल परिरहेको जानकारी गाउँ पालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।उनले पालिकामा सडक मर्मत ,कुलो सिचाई जस्ता आयोजना हरुमा काम भैरहेको र सक भन्दा कम ३८जना ६नम्बर वडामा र सबैभन्दा बढि ४नम्बर मा २००जना रहेको पनि जानकारी दिए।यस्तै माङसेबुङ गाउँ पालिकामा पनि अहिले उक्त कार्यक्रम चलिरहेको जानकारी रोजगार शाखा संयोजक दिपेस कुमार दासले दिएका छन यस पालिकामा १२जनाको दरले जम्मा ७२जना वेरोजगारहरुले ६वटै वडामा सडक तथा ढुङ्गे सिढी निर्माणमा खटिरहेको बताए।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस पालिकामा करिव ४०लाख बजेट विनियोजित छ। सन्दकपुर गाउपालिका मा पनि गत वर्ष सुचिकृत संख्या १६५२रहेकाेमा १४८जना रोजगार कार्यक्रममा सहभागी भई सडक निर्माण कार्यमा खटिरहेको रोजगार शाखा प्रमुख सन्तोष भट्टराईले जानकारी दिएका छन ।देउमाई नगरपालिकामा पनि प्रधानमन्त्री मन्त्री रोजगार अन्तर्गत विभिन्न योजना हरुको काम भईरहेको छ। 
काम भईरहेको छ। जम्मा ५१४को संख्यामा बेरोजगार हरु सुचिकृत भए पनि जम्मा ७२जनालाई मात्रै पुग्ने गरि वजेट विनियोजन भएकोले त्यै संख्यामा रहेका वेरोजगारहरु ले ९वटैवडामा विकास योजनाको कार्यहरु खानेपानी पाईप लाईन विस्तार ,पक्की लाईन निर्माण जस्ता कामहरु भैरहेको रोजगार संयोजक सनम चापागाईंले बताए। रोङ गाउपालिका मा १००जनाले सडक निर्माण कार्यमा आवद्ध भइ यश योजना अन्तर्गतको काम भइरहेको पालिका अध्यक्ष सुवास स्याङवोले जानकारी दिए ।यता जिल्लामै ठुलो नगरपालिका को रुपमा रहेको सूर्योदय नगर पालिकाको ९वटा वडामा पनि रोजगार कार्यक्रम चलिरहेको छ रोजगार शाखा प्रमुख विष्णु रिजालको अनुसार सुर्योदय नगरपालिकामा सडक मर्मत , सोलिङ हाल्ने,नयाँ नाली खन्ने लगायतका कामहरु भईरहेको छ। यस योजना को लागि विनियोजित वजेट ६० लाख ९९हजार रहेको र १०५जनालाई १००दिन बराबरको काममा लगाईएको रिजालको भनाइ रहेको छ। वेरोजगारी समस्या हल गर्न भन्दै सन्चालित यश कार्यक्रम समस्या समाधानको लागि पर्याप्त नभएको तथा भारतमा असफल भईसकेको कार्यक्रम नेपाल सरकारले नक्कल गरेको भन्दै आलोचना खेप्दै आएको यस कार्यक्रम ३महिनाकै भए पनि एकमुष्ठ मा पारिश्रमिक लिदा स सनाना गर्जो टार्न सहयोग पुग्ने लाभग्राही उमेश गजुरेलले बताए ।दैनिक ५७७बराबरको पारिश्रमिक लाभग्राहीको बैंक खातामा महिना महिना को फरकमा जम्मा गरिने प्रावधान छ ।