Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका ६ द्धारा किसानलाई कृषि उपकरण हस्तान्तरण (फोटो फिचर)

इलाम नगरपालिका ६ द्धारा किसानलाई कृषि उपकरण हस्तान्तरण (फोटो फिचर)

  • रोशन राई
  • बिहिबार, चैत्र ९ २०७९


इलाम नगरपालिका ६ द्धारा किसानलाई कृषि उपकरण हस्तान्तरण (फोटो फिचर)

इलाम । इलाम नगरपालिका वडा नम्बर ६ ले किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको छ । चालू आर्थिक वर्षको वडास्तरिय आर्थिक विकास कार्यक्रम अन्तरगत वडा भित्रका कृषक, कृषि समूह र टोल समूहरुलाई ५० प्रतिशत लागत सहभागितामा माग बमोजिम कृषि उपकरण हस्तान्तरण गरिएको हो ।

इलाम नगरपालिका ६ का वडा अध्यक्ष दुर्गा श्रेष्ठको अध्यक्षाता भएको कृषि उपकरण हस्तान्तरण कार्यक्रममा ,नगरप्रमुख केदार थापाले कउषि सामग्री हस्तान्तरण गरेका हुन् । कृषकहरुको ४००००० र वडाको ४००००० गरि रु। ८,००,००० बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको हो ।


कार्यालयले ५ सेट हाते टेक्टर , ९ सेट मोटर सहितको च्यापकटर र ८ सेट मोटर कुषक तथा कुषि समुहलाई नगर प्रमुख केदार थापाले सामग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा वडा सदस्यहरु बिना देवि लिम्बु, पार्वति बिश्वकर्मा, प्रेम कुमार राई एव् नगरपालिका कृषि तथा पशुपंक्षि शाखा प्रमुखहरुको आथित्यतामा प्रविधि हस्तारण गरि कार्यक्रम सम्पन्न गरिएको वडा सचिव खड्ग बस्नेतले बताए । कार्यक्रममा मेशिन सञ्चालनको प्रक्रिया र विधिबारेमा प्राविधिकहरुबाट प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार