काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले ततकालिन संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सविधानबारे ज्ञान नभएको टिप्पणी गरका छन ।
प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजाका बिषयमा शनिबार नेम्वाङले गरेको टिप्पाणी अज्ञानताको कारण भएको भन्दै यादवले यसको खण्डन गरेका छन ।
रिपोटर्स नेपालले आईतबार गरेको साक्षात्कारमा बोल्दै यादवले नतिजा सार्वजनिक गर्न आवश्यक कानूनी प्रक्रिया के छ भन्ने नवुझी नेम्वाङले टिप्पणी गरको भन्दै दुखेसो पोखे । एमाले नेता तथा पूर्व सभामुख नेम्वाङले शनिबार प्रतिनिधीसभाको समानुपातिक नतिजा रोक्दा निर्वाचन आयोगको भूमिकामाथि आशंका उब्जिएको बताएका थिए ।
यादवले भने नियमअनुसार राष्ट्रियसभाको चुनाव सकिएपछि मात्रै प्रतिनिधि सभातर्फको समानुपातिक नतिजा सार्वजनिक गर्न मिल्ने दाबी गरेका छन् ।