Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्नुपर्छ :  खनाल

एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्नुपर्छ :  खनाल

  • सन्देश सम्बाददाता
  • आइतबार, पौस १६ २०७४


एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्नुपर्छ :  खनाल

इलाम । एमालेका नेता झलनाथ खनालले माओवादीसँगको एकतापछि एकताको महाधिवेशन नहुँदासम्म संक्रमणको अवस्थामा रहन सक्ने बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा वहाँले त्यस्तो संक्रमणकालको लागि कस्तो मोडल बनाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले एकतापछि को अध्यक्ष बन्ने भन्ने विषयमा विवाद गर्न आवश्यक नरहेको बताएका छन् ।

उनले माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड नै एकीकृत पार्टीको अध्यक्ष बन्नुपर्ने तर्क अगाडि सारेका छन् । यद्यपी औपचारिक निर्णय नभएसम्म आफूले मात्रै बोलेर नहुने उनको भनाइ थियो । पार्टी एकता संयोजन समितिको बैठकमा दुवै दलको तर्फबाट प्रस्ताव पेश भएपछि बाँकी विषयहरूमाथि छलफल हुने उनले बताएका छन् ।

एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक तत्काल बस्ने उनको भनाइ थियो । एमालेको नेतृत्वमा सरकार बन्ने दावी गरेका नेता खनालले भने, ‘केहीदिन बसेर छलफल गरेर निष्कर्ष निकाल्छौँ । सबैभन्दा ठूलो दल एमाले भएकाले एमालेबाटै प्रधानमन्त्री बनाउँछौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार