माई । इलामको फाकफोकथुम गाउँपालिकामा सम्पन्न १३ औ राष्ट्रपति रनिङ शिल्डको रग्बीमा पदक बिजेता माई नगरपालिकाका खेलाडीहरु सम्मानित भएका छन् । नगरले एक कार्यक्रमका बिच पदक बिजेता पुरुष तथा महिला टिमलाई सम्मान गरेको हो । राष्ट्रपति रनिङ शिल्डमा पहिलो पटक समावेश गरिएको रग्बीमा कन्काई माविबाट सहभागि महिला टोलीले स्वर्ण र पुरुष र रजत पदक जित्न सफल भएको थियो ।

दुवै टोलीले उपाधिको लागि चुलाचुली गाउँपालिकासंग प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा माईका सुमित श्रेष्ठ सर्वोत्कृष्ट घोषित भएका थिए । नगर प्रमुख खम्बासिङ लिम्बुले पदक बिजेता खेलाडीहरुलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी,लेखा अधिकृत क्षेत्रनाथ शर्मा, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सिता लावती, कन्काई प्रधानाध्यापक हरिप्रसाद पौड्याल,खेलकुद शिक्षक डिल्लीराम मगर, रग्बी संघ माई अध्यक्ष रन्जित काफ्ले, समाजसेवी युवाहरु कोबित दहाल, कुमार लिम्बू, नारायण बुढाथोकी लगायतको उपस्थितिमा शुभकामना तथा मेडल, ट्रफि र प्रमाणपत्र बितरण गरिएको थियो।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुनुभन्दा करिब २० दिन अघि मात्र माईमा रग्बी खेलको प्रशिक्षण भएको थियो ।