Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पञ्चकन्या बोर्डिङको अभिभावक दिवस सम्पन्न

पञ्चकन्या बोर्डिङको अभिभावक दिवस सम्पन्न

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन २७ २०७९


पञ्चकन्या बोर्डिङको अभिभावक दिवस सम्पन्न

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा रहेको पञ्चकन्या इङलिस बोर्डिङ स्कुलले विविध कार्यक्रमका बिच अभिभावक दिवस मनाएको छ । विद्यालयले सांस्कृतिक कार्यक्रम गर्दै दिवस मनाएको हो । कक्षा नर्सरी देखि कक्षा दशसम्मका विद्यार्थीहरुले नृत्य, नाटक लगायत विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु दिएका थिए । अभिभावकहरुबिच खेल समेत आयोजना गरिएको थियो ।अभिभावक खेलमा विजेता तथा उपविजेताहरुलाई मायाको चिनो समेत प्रदान गरिएको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल बिमल प्रधानको सभापतित्वमा रहेको कार्यक्रममा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष पेमा उगेन लामा, . प्याब्सन सूर्योदयका अध्यक्ष लाकेल लामा र करफोक बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष रत्न ढुङ्गानाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडाध्यक्ष लामा, नगर शिक्षा युवा तथा खेलकुद शाखाका श्रोत व्यक्ति सुर्दशन खतिवडा, प्रहरी चौकी फिक्कलका असई विवेक बरालको विशेष आतिथ्यता रहेको थियो । शिक्षक यज्ञमणी दाहालले स्वागत गरेको कार्यक्रम गोविन्द पौड्यालले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार