इलाम । इलामको सन्दकपूर गाउँपालिका भित्रका किसानहरु पशुहरुको बिमा कार्यक्रममा सहभागि हुने क्रम बढेको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट बिमा सचेता कार्यक्रम संचालन गरेपछि किसानले पशुरुहरुमा बिमा अनिवार्य गरेका छन् ।
सन्दकपूर ५ का किसान रोशन थामीले आफ्नो गोठका सबै पशुहरुको बिमा गरेका छन् । उन्नत जातका गाई पालन शुरु गरेपछि आर्थिक क्षतिबाट जोगिन अहिले पशु बिमा कार्यक्रमा सहभागि भएका हुन् ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना संचालन भएपछि सन्दकपूर गाउँपालिका भित्रका किसान व्यवसायीक पशुपालनमा आकर्षित छन् । गुणस्तरीय दूध उत्पादनको लागि उन्नत जातको गाईपालन व्यवसाय उप–आयोजनाले किसानहरुलाई पशु बिमा सचेतना तालिम दिएको थियो । जसले गर्दा किसानको बिमा कार्यक्रममा आकर्षण बढेको हो ।
किसानहरु उन्नत गाई पालनमा आकर्षित भएसँगै बिमा कार्यक्रममा सहभागि भएको सन्दकपूर ५ का वडासदस्य कुमार गुरुङ्गले बताए ।
बाख्रा र गाईभैसि पालन गर्दै आएका किसानहरु बिमा कार्यक्रममा सहभागि भएका छन् । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले उन्नत गाई पालन र बाख्रा पालन गर्ने किसानलाई बिमा कार्यक्रम अनिर्वाय गरको थियो ।
गुणस्तरीय दूध उत्पादनको लागि उन्नत जातको पशुपालन आयोजनाबाट किसानहरुमा व्यवसायीक पशुपालनबारे सचेतना वृद्धि भएको छ । जसका कारण किसानहरु अहिले उन्नत जातका गाई र बाख्रा पालन गर्दै आएको सन्दकपूर गाउँपालिका पशु शाखा प्रमुख सविन भट्टराईले बताए ।
घाँसे जमिन र चरिचरन बढी मात्रामा रहेको सन्दकपूर गाउँपालिमामा पशुपालनमा किसानको आकर्षण बढ्दो छ ।