Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा घ्यू उत्पादन बढ्दै, किसानको आम्दानीको श्रोत

इलाममा घ्यू उत्पादन बढ्दै, किसानको आम्दानीको श्रोत

  • सुजन तिमल्सिना
  • बुधबार, फाल्गुन २४ २०७९


इलाममा घ्यू उत्पादन बढ्दै, किसानको आम्दानीको श्रोत

इलाम । व्यवसायीक पशुपालन हुने इलाममा दूध प्रशोधनबाट बनाइने घ्यू किसानको आम्दानीको श्रोत भएको छ । ग्रामीण क्षेत्रका डेरी दुग्ध प्रशोधन उद्योगबाट तयार हुने घिउको माग बढेसँगै आम्दानीको राम्रो श्रोत भएको हो ।
गाईको दूध प्रशोधन गरि घ्यू तयार हुन्छ । डेरी र चीज उद्योगमा दूध प्रशोधन गरि क्रिम जम्मा गरिन्छ । सोहि क्रिमलाई प्रशोधन मार्फत घ्यू तयार हुँदै आएको हो ।
जिल्लाका ग्रामीण क्षेत्रमा छुर्पी उत्पादन गर्ने डेरी उद्योग स्थापना भएका छन् । डेरी उद्योग स्थापनासँगै घ्यू उत्पादन बढ्दा किसानको आयमा पनि वृद्धि हुन थालेको हो ।
युरोपमा कुकुरको आहारका लागि बिना फ्याटको छुर्पी निर्यात हुने भएकाले डेरी उद्योगमा दूध प्रशोधन गरि घ्यू तयार गरिँदै आएको हो । छुर्पी युरोपका देशमा निर्यात हुने गरेपनि घ्यू नेपालको तराईका सहर, काठमाडौँ र पोखरामा निर्यात हुने व्यवसायी सुजन श्रेष्ठले बताए ।
डेरीमा क्रिम सेपरेटर मेसिनमार्फत दूधको प्रशोधन गरी मठ्ठा र क्रिम निकालिन्छ । क्रिमबाट घ्यु उत्पादन गरिन्छ । ग्रामीण क्षेत्रका डेरीमा उत्पादन हुने घ्यू इलाम सहरी क्षेत्रका व्यवसायीले संकलन गरि निर्यात गर्दै आएका छन् ।
इलाम बजारमा इलाम, देउमाई नगरपालिका, माईजोगमाई, सन्दकपूर गाउँपालिका भित्रका डेरीबाट घ्यू सकंलन हुँदै आएको छ । ग्रामीण क्षेत्रमा पनि घ्यू संकलक रहेका छन् । डेरीबाट ६ सय ५० मा घ्यू संकलन गरि ७ सय रुपैया प्रतिकिलोमा बिक्रि हुँदै आएको व्यवसायी कौशीला राईलेले बताइन् । इलाममा बार्षिक ९ सय २८ मेट्रिक टन घ्यू उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार