इलाम । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन बिष्टले १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् । उनले राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेललाई पछि पारे ।
अवार्डसंगै अञ्जनले बजाज पल्सर मोटरसाइल प्राप्त गरे । उनले विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए । १३ औ साफ च्याम्पियनसिपमा फाइनल पुगेको नेपाली टोलीका लागि श्रीलङ्का र बङ्गलादेशविरुद्ध गोल समेत गरेका थिए ।
अञ्जन गत बर्षको एनएसएलको सर्वश्रेष्ठ फरवार्ड समेत घोषित भएका थिए ।