Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भारतको कलकत्ताबाट माईपोखरी दर्शनमा बंगालबासी (फोटो फिचर)

भारतको कलकत्ताबाट माईपोखरी दर्शनमा बंगालबासी (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • मंगलबार, फाल्गुन २३ २०७९


भारतको कलकत्ताबाट माईपोखरी दर्शनमा बंगालबासी (फोटो फिचर)

सन्दकपूर ।  पूर्वी पहाडको रामसार क्षेत्र माईपोखरी भ्रमणका लागि भारतको कलकत्ताबाट पर्यटकहरु आउने क्रम बढेको छ । कलकत्ताबाट इलामको पशुपतिनगर र झापाको काकरभिट्टाहुँदै माइपोखरी हुँदै सन्दकपूरसम्म बंगाली पर्यटकहरु पुग्न थालेका छन् ।


कलकत्ताबाट इलामको पशुपतिनगरहरु भारतीय युवायुवतीहरु मोटरसाइकलको यात्रा गरि इलामको माईपोखरीहुँदै सन्दकपूरसम्म पुग्ने गरेका छन् । भारतको पश्चिमबाट माइपोखरी आइपुगेका भारत पश्चिम बंगलाका पियुस भास्करले भने– सन्दकपूर यात्रा अत्यन्तै रोमाञ्चित भएको छ ।


हामी मोटरसाइकलबाटै माइपोखरी आइपुगेका, यहाँसम्म आइपुग्दा निकै खुशि र आनन्दित बनाएको छ–उनले भने । माईपोखरीबाट सन्दकपूरसम्मको यात्रा त झनै रोमाञ्चित बनाउनेमा हामी ढुक्क छौँ । माईपोखरी क्षेत्रको भ्रमणले पनि मलाई निर्क खुशि बनाएको छ । कलकत्ताबाट माइपोखरीसम्म आइपुग्दाको थकान माईपोखरी भ्रमणले मेटाएको छ ।


म नेपाल अहिलेसम्म दुई पटक आइपुगेको छु, पहिलो पटक चीनको कोरला नाकासम्म पुगेको हुँ, अहिले सन्दकपूर बाइक यात्राले झनै उत्साहित र आनन्दित बनाएको छ’– भास्करले बताए ।
मोटरसाइकल यात्राको टोलीमा रहेका अजय साहाले भने– सन्दकपूर दोस्रो पटक बाइकको यात्रा गर्दै आएको छु, पहिलाको भन्दा बाटो पनि राम्रो भएको रहेछ र नेपाली समुदायको सहयोग राम्रोसँग मिलेको छ । स्थानीयबासी एकदम सहयोगी छन्, यहाँको घरहरु पनि सुन्दर छन्, जहाँ गएपनि सहयोग राम्रो पाएको छौँ–उनले भने । उनले भने–मलाई नेपाल आफ्नै देश जस्तो लागेको छ, यहाँको सहयोग र सद्भावले गर्दा दार्जिलिङ भ्रमणको अनुभुति दिइरहेको छ ।


मोटरसाइकलबाटै सन्दकपूर यात्राका लागि आएको अर्का एक पर्यटकले भने– माइपोखरीसम्म यात्रा गर्दा आनन्दित छु । पोखरी भित्रको भ्रमणले त मरो थकान सबै बिर्सिएको छु । मोटरसाइकलबाट सन्दकपूर यात्राका क्रममा आएकी कलकत्ताकी पर्यटक सुदिक्षा देवनाथुले भनिन्, म पहिला बाइक राइडमा आएकी छु, मैले नेपालको सुन्दकरताको आनन्द लिएको छु, साह्रै खुशि लागेको छ ।


बाइकको यात्राका क्रममा नेपाली नागरिकको सहयोग महत्वपूर्ण रहेको छ उनले भनिन् । इलामको उत्तरी गाउँपालिका सन्दकपूरमा पछिल्लो पटक बाइकबाट भ्रमण गर्ने पर्यटकको संख्या बढेको सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । बंगाली पर्यटकको संख्या बढेसँगै सन्दकपूर गाउँपालिकाले पर्यटक बस्ने होमस्टेको प्रवद्र्धनमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार