Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपूर गाउँपालिकामा ४ वटा झोलुङ्गे पूलको सर्भे

सन्दकपूर गाउँपालिकामा ४ वटा झोलुङ्गे पूलको सर्भे

  • रोशन राई
  • आइतबार, फाल्गुन २१ २०७९


सन्दकपूर  गाउँपालिकामा ४ वटा झोलुङ्गे पूलको सर्भे

माबु । इलामको सन्दकपूर ४ र ५ जोड्ने धुवाखोलमा झोलुङ्गे पुलको सर्भे शुरु भएको छ । माबु जोर कटेरी हुदै जमुना अर्थपा जोड्ने धुवाखोलामा झोलुङ्गे पुलको सर्भे भएको हो । यस्तै सन्दकपूर ५ स्थित वतासे हुदै जमुना सिस्ने जोडने हुँदै इङ्ला खोलामा झोलुङ्गे पुलको सर्भे गरिएको हो । पुल निर्माणका लागि प्राविधिक सहतिको टोलीले सर्भेको काम सकेको सन्दकपूर ४ का अध्यक्ष ढाल बहादुर गुरुङ्गले बताए ।


यस्तै इलामको सन्दकपूर ४ को माबु र सन्दकपूर २ जोड्ने २ वटा झोलुङ्गे पुलको सर्भे भएको हो । त्रिवेणी माथिल्लो खण्ड माइमझुवा हुदै माबु जोड्ने २ थान झोलुङ्गे पुलहरुको सर्भे गरिएको सन्दकपूर २ का अध्यक्ष सनम राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार