इलाम । तोरीको तेलको मूल्य बढेसँगै इलामका ग्रामीण क्षेत्रमा किसानले तोरि खेतीलाई प्राथमिकता दिएका छन् । व्यवसायीक रुपमा खेती कम भएपछि घरको उपभोगका लागि किसानले तोरी खेतीलाई प्राथमिकता दिएका हुन् ।
माङ्सेबुङ गाउँपालिका ३ का किसान बालकृष्ण बस्नेत गत वर्षदेखि तोरि खेती शुरु गरे । भान्सामा दैनिक प्रयोग हुने तोरीको तेलको मूल्य अत्याधिक बढेपछि बस्नेतले तोरी खेती शुरु गरेका हुन् ।

आधा लिटर तोलि तेल ७५ रुपैयाँमा पाउने तोरी तेलको मूल्य कोरोना माहामारीसँगै उच्च मूल्य वृद्धि भएपछि बस्नेतसँगै गाउँका प्राय किसानले तोरी खेती गरेका छन् ।
दैनिक प्रयोग हुने तेलको मूल्यमा वृद्धिपछि इलामका किसानले तोरी खेतीलाई प्राथमिकता दिएका छन् । व्यवसायीक खेतीका रुपमा भन्दापनि आफ्नो प्रयोगका लागि किसानले तोरि खेती गर्दै आएका हुन् । आफ्नो बारीमा उत्पादन भएको तोरी आवश्यकता अनुसार मिलमा प्रशोधन गरि प्रयोग गर्दै आएको इलाम सुलुबुङका किसान दिनेश गड्तौलाले बताए ।

इलामका १० स्थानीय तहमध्ये दक्षिणि माई नगरपालिका र चुलाचुली गाउँपालिकामा तोरी खेती बढी खेती हुने गरेको छ । यहाँका अधिकासं किसानले आफुले उत्पादन गरेको तोरीको तेल प्रयोग गर्दै आएका छन् । दक्षिणि चुलाचुली गाउँपालिकाले तोरी खेतीलाई प्रोत्साहान समेत गर्दै आएको अध्यक्ष राजेन्द्र केरुङले बताए ।
इलाममा १० वटै स्थानीय तहमा खेती हुन्छ । इलाममा ७ सय ९० हेक्टर क्षेत्रफलमा तोरि खेती हुन्छ । ८ सय ८५ मेक्ट्रिक टन तोरि उत्पादन हुने इलाममा प्रति हेक्टर १ दशमलव १२ मेट्रिक टन उत्पादन हुन्छ ।