Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकको गन्तव्यस्थल माईजोगमाई गाउँपालिकाको टङ्लु (फोटो फिचर)

पर्यटकको गन्तव्यस्थल माईजोगमाई गाउँपालिकाको टङ्लु (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • शनिबार, फाल्गुन २० २०७९


पर्यटकको गन्तव्यस्थल माईजोगमाई गाउँपालिकाको टङ्लु (फोटो फिचर)

टङ्लु । माईजोगमाई गाउँपालिका २ मा अवस्थित टङ्लु, गुराँसे अनि विश्वको सबैभन्दा धेरै वुद्ध मुर्ती भएको रमणिय क्षेत्र मेघमा पर्यटकीइ आकर्षणका केन्द्र हुन् । पर्यटकीय क्षेत्र तुम्लिङको यात्रापछि टङ्लुको पदयात्रा गर्न सकिन्छ ।


तुम्लिङबाट बाट २ किलोमिटरको उकालो पार गरेपछि पुगिन्छ प्रकृतिले सिघारिएको क्षेत्र टङलु । टङ्लु क्षेत्र समुन्द्र सतहबाट ३ हजार ७० मिटर उचाईमा पर्दछ । हिमाली दृश्य र प्रकृतिसँगै रमाउनका लागि हजारौँ पर्यटकमाझ टङ्लुले हरेक वर्ष लोकप्रियता कमाएको छ । हिमालसँगै कुम जोडाएर फोटो खिच्न पाउँदा टङ्लु पुग्ने जो कोहिको मन फुरुङ्ग बनाउँछ ।


मौसम खुल्ला भएको बेला भारतका सहर, नेपालको कोशी नदि समेत प्रष्टसँग देख्न सकिन्छ, टङ्लुबाट । साँझको समयमा झिलिमिल कर्साङ र दार्जिलिङको दृश्य अनी टङ्लुको पोखरी माथिको डाँडामा रमाउन पाउँदा आहा टङ्लु पुग्नुको मज्जा बेग्लै ।

नेपाल र भारत सीमा क्षेत्रमा पर्ने टङ्लुमा भारतपट्टि गेष्टहाउस संचालनको रहेको छ भने नेपाली बस्तिमा होमस्टे बास बसी पर्यटक रमाउँछन् । टङ्लुबाट डेढ किलोमिटर यात्रामा पुगिने पर्यटकीय क्षेत्र हो मेघमा ।

प्रतिक्रिया
सम्बन्धित समाचार