सन्दकपुर । सन्दकपुर गोल्डकपको तेश्रो संस्करण आगामी चैत्र २४ गतेबाट हुने भएको छ । देउराली स्र्पोटिङ क्लबको आयोजना प्रतियोगिता हुँदै आएको हो । सन्दकपुर गाउँपालिका संरक्षक रहेको प्रतियोगितामा इलाम, झापा, पाँचथर र ताप्लेजुङका टिमहरु सहभागि हुनेछन् । यसअघिका संस्करण झै यस बर्ष पनि ८ टोली सहभागि हुने सचिव माधव खनालले बताए ।
पर्यटन प्रर्वद्धनको उद्धेश्यले आयोजित प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार र उपविजेताले ८१ हजार रुपैया प्राप्त गर्नेछ । विधागत रुपमा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्तालाई नगद ४ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई २ हजार दिइने अध्यक्ष अइन्द्र राईले जानकारी दिए । प्रतियोगिताको फाइनल बैशाख १ गते हुनेछ ।
गत संस्करणको उपाधि जनता सेभेन सूर्योदय नगरपालिकाले जितेको थियो । जनता सेभेनले रेडहर्ष इलामलाई हराएको थियो ।