Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

स्ववीयू निर्वाचनमा महेन्द्र रत्न बहुमुखि क्याम्पसमा ७ विद्यार्थी संगठन

स्ववीयू निर्वाचनमा महेन्द्र रत्न बहुमुखि क्याम्पसमा ७ विद्यार्थी संगठन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन १९ २०७९


स्ववीयू निर्वाचनमा महेन्द्र रत्न बहुमुखि क्याम्पसमा ७ विद्यार्थी संगठन

इलाम । चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि इलामको महेन्द्र रत्न बहुमुखि क्याम्पसमा ७ विद्यार्थी संगठन दर्ता भएका छन् । चैत्र ५ गते हुने निर्वाचनका लागि ७ वटा पार्टीसँग आवद्ध विद्यार्थी संगठनहरुले निर्वाचनका लागि दर्ता गराएका हुन् ।


दर्ता हुनेमा नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववीयु, नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववीयू, नकेपा माओवादी निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववीयू क्रान्तिकारी, जसपा निकट समाजवादी विद्यार्थी युनियन र राजतन्त्र समर्थक पार्टी राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक जिद्यार्थी संगठन रहेका छन् ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको इतिहास
महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम पूर्वी पहाडी जिल्लाको एकमात्र आंगिक क्याम्पस हो । इलामको सदरमुकाममा अवस्थित यस क्याम्पस उत्कृष्ट शैक्षिक केन्द्र हो ।
वि.स. २०१७ असार २१ गते महेन्द्ररत्न महाविद्यालय स्थापना भई प्रवीणता प्रमाणपत्र तहको पठन–पाठन सुरुवात भएको थियो । महेन्द्ररत्न बहुमुखी क्याम्पस, आफ्नो सातौं दशकको यात्राको क्रममा अनेक आरोह अवरोहहरु पार गर्दै प्रदेश १ कै उच्च शैक्षिक थलोको रुपमा स्थापित भइसकेको छ ।

महेन्द्र रत्न बहुमुखि क्याम्पसमा पाँच वटा विषयमा स्नातकोत्तर तह, मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र वि.एस्सी वागवानी संकायमा स्नातक तहको पठनपाठन हुन्छ । हाल सवै संकाय र तहमा २ हजार ८ सय विद्यार्थी उच्च शिक्षा अध्ययन गरिरहेका छन् । वि.स. २०६६ सालमा त्रिभुवन विश्वविद्यालयको पहिलो स्वायत्तता यो क्याम्पसले देशकै पहिलो  QAACertified  आंगिक क्याम्पस हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार