Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाममा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

इलाममा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन १९ २०७९


इलाममा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

इलाम : इलाम नगरपालिका ५ स्थित नवनिर्मित कभर्डहलमा कोसी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । ब्याडमिन्टनतर्फको यो नै जिल्लामा आयोजना गरिएको ठूलो प्रतियोगिता हो । बरवोटे ब्याडमिन्टन क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको इलाम नगरपालिकाका मेयर केदार थापाले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

खुल्ला, भेट्रान र जिल्लास्तरीय डबल गरी ३ विधामा खेलाइएको छ । प्रतियोगिताको खुलातर्फ विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै भेट्रान र जिल्लास्तरीयतर्फ विजेता, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता फागुन २० गतेसम्म सञ्चालन हुनेछ । जिल्लामा ब्याडमिन्टन खेलतर्फ आकर्षण थपिँदै गएकाले राष्ट्रियस्तरका खेलाडीसमेत सम्मिलित भएकाले प्रतिस्पर्धा रोचक देखिएको छ । नयाँ प्रतिभालाई प्रोत्साहन गर्दै यस क्षेत्रको पर्यटकीय विकासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष गृष्म सुब्बाले बताए ।

ब्याडमिन्टनसहित विभिन्न खेलकुदका कार्यक्रम गर्न सकिने गरी करिब २ करोड रुपैयाँको लागतमा कभर्डहल निर्माण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार