Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बहुमत सदस्यको बहिष्कारका बिच एन्फा बैठकको २० निर्णय

बहुमत सदस्यको बहिष्कारका बिच एन्फा बैठकको २० निर्णय

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन १७ २०७९


बहुमत सदस्यको बहिष्कारका बिच एन्फा बैठकको २० निर्णय

इलाम । विवादका विच बसेको अखिल नेपाल फुटबल संघ एन्फाले कार्यसमिति बैठकको विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । एन्फाले प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न २० वटा निर्णयहरु गरेको हो । प्रधानमन्त्री थ्री नेसन कप आयोजनादेखि राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्तिसम्मको निर्णय छ ।

बहुमत कार्यसमिति सदस्यको बैठक बहिस्कारका बिच नेम्वाङले कार्यसमिति बैठकमार्फत २० निर्णय गराएका छन् । जसमा थ्री नेसन कप आयोजनादेखि ओलम्पिकको एसिया छनोट आयोजना गर्ने, बी र सी डिभिजनको नयाँ मिति तय गर्ने, जिल्ला लिगदेखि उमेर समूहका प्रतियोगिता सञ्चालन गर्ने, विभिन्न स्थायी कमिटीको संयोजन चयन गर्ने, आपतकालिन समिति गठन गर्नेसम्मका निर्णय भएका छन् ।

नयाँ सिईओ नियुक्तिको सुचना प्रकाशन गर्नेदेखि विभिन्न विभागको हेड नियुक्तिसम्मको निर्णय सार्वजनिक गरिएको छ । तीन उपाध्यक्ष सहित ११ जना कार्यसमिति सदस्यले गणपुरक संख्यानै नपुगेको भन्दै बैठक अवैधानिक भन्दै वहिष्कार गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार