Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बुढासुब्बा गोल्डकप : पुलिसविरुद्ध पहिलो जितको खोजीमा केएफटिसी

बुढासुब्बा गोल्डकप : पुलिसविरुद्ध पहिलो जितको खोजीमा केएफटिसी

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन १५ २०७९


बुढासुब्बा गोल्डकप : पुलिसविरुद्ध पहिलो जितको खोजीमा केएफटिसी

इलाम : बुढासुब्बा गोल्डकप फुटबल तेस्रो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर केएफटीसी झापासँग प्रतिस्पर्धा गर्दै छ। केएफटीसीको लागि आजको खेल पराजयको बदला लिने अवसर हुनेछ।
२०७६ को २२ औ संस्करणको क्वाटरफाइनल खेलमा पुलिस ३–१ ले बिजयी भएको थियो।

२० औ संस्करणमा समेत पुलिसले खेल २–० गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो। तर यसपटक प्रतियोगिताको सफल टोली पुलिसलाई धरान रंगशालामा केएफटिसी विरुद्धको खेल कठिन हुनेछ। ए डिभिजन लिगको तयारीमा रहेको पुलिस फर्ममा छैन्। पुलिसले सिजनमा एउटा पनि जित निकाल्न सकेको छैन।

यस सिजनमा सहभागिता जनाएको ३ वटै प्रतियोगितामा पुलिस पहिलो खेलमा नै पराजित बनेको छ। बागमती गोल्डकपमा पुलिसलाई मकवानपुर–११ हराएको थियो। केपी ओली गोल्डकपमा सातदोबाटो र भद्रपुर झापा गोल्डकपमा चर्च व्वाइजसंग पराजित बन्दै पुलिस पहिलो खेलबाटै बाहिरिएको छ।

पुलिससँग वर्तमान राष्ट्रिय टोलीका खेलाडी छैनन्। जुमानु राईको कप्तानीमा उत्रिने टोलीमा पूर्वराष्ट्रिय खेलाडी भोला सिलवाल र सुमन सुवेदी उपलब्ध हुनेछन्। सन्तोष हेमरन, बुद्ध लामा, हेम तामाङ, मानबहादुर परियार लगायतका खेलाडी पुलिसको टिममा हुनेछन्। पुलिसको प्रशिक्षक सञ्जीव जोशी हुनेछन्।

नेपालका ए डिभिजन लिगमा खेलाडीहरु समेटिएको केएफटीसीको कप्तानीमा खमिर गिल्सन कन्दङवा हुनेछन्। टिममा विश्वास श्रेष्ठ, निशान लिम्बु, दिवस उराउ, मिलन राई सुशील राई, विदेशी खेलाडी योमी लगायत हुनेछन्। केएफटीसीको प्रशिक्षकमा मीन बस्नेत रहेका छन्। धराने मैदानमा पुलिस टोली भाग्यमानी रहेको प्रशिक्षक बस्नेत बताउँछन्।

पुलिस धराने मैदानमा भाग्यमानी टोलीको रुपमा रहेको छ। २०५६, २०५७, २०५९ र २०७३ मा उपाधि जितेको थियो। ६ पटक उपविजेता बनेको छ। केएफटीसीले अहिलेसम्म सेमीफाइन पुग्न सकेको छैन्। पहिलो पटक धरानमा सेमीफाइनल पुग्ने रणनीति हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार