Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमाले क्षेत्रिय कमिटीले दियो बिजयी सांसदलाई बधाई

एमाले क्षेत्रिय कमिटीले दियो बिजयी सांसदलाई बधाई

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ९ २०७४


एमाले क्षेत्रिय कमिटीले दियो बिजयी सांसदलाई बधाई

फिक्कल । नेकपा एमाले इलाम क्षेत्र नं १ क्षेत्रिय कमिटीले मंसिर २१ गतेको प्रतिनिधी एवम प्रदेशसभाको निर्वाचनमा बिजयी हुने उम्मेदवारहरुलाई बधाइ दिएको छ । पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गर्दै एमालेले प्रदेशसभा इलाम क्षेत्र नं १ को क बाट बिजयी हुने खिनु लङ्वा लिम्बु र क्षेत्र नं १ को ख बाट बिजयी हुने काजीमान कागतेलाई बधाई तथा शुभकामना दिएको हो ।

टेकबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रिय कमिटी सहसंयोजक एवम सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, माइ नगरपालिका प्रमुख दिपक थेवे लगायतको आतिथ्यता रहेको क्षेत्रिय उपसचिव रुपेश अर्यालले जानकारी दिए । इलाम क्षेत्र नं १ अन्र्तगत सुर्योदय नगरपालिका, रोङ गाँउपालिका, सन्दकपुर गाँउपालिका, माइजोगमाइ गाँउपालिका, माइ नगरपालिका १ देखी ६ र इलाम नगरपालिका वडा नं १० पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार