Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

उपाधीकाे दाबेदार एपिएफ सुनसरी सामु निरिह बन्दै बाहिरियाे

उपाधीकाे दाबेदार एपिएफ सुनसरी सामु निरिह बन्दै बाहिरियाे

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ९ २०७४


उपाधीकाे दाबेदार एपिएफ सुनसरी सामु निरिह बन्दै बाहिरियाे

फिदिम ।  उपाधीकाे दाबेदार मानिएको टोली एपिएफलार्इ ३–० गोलले पराजित गर्दै सुनसरी -११  नवाै रूस्लान फाल्गुनन्द गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पनि प्रवेश गरेको छ ।

खेलको २६ औँ मिनेटमा डिबक्स नजिक एपिएफका खेलाडीले फल गरेपछि सुनसरीले पाएको फ्रिकिकबाट हेमन्त थापा मगरले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फेरी ३४ औं मिनेटमा फ्रिकिकबाटै गोल गर्दै हेमन्तले सुनसरीको अग्रता दोब्बर पारे । ५१ औँ मिनेटमा सुनसरीका तीर्थ बस्नेतले गोल गर्दै सुनसरीको जित पक्का गरेका थिए ।

खेलभरी पाएका अाधा दर्जन बढी अवसरहरु सदुपयोग गर्न नसक्दा एपिएफ पहिलो खेलबाटै बाहिरिन पुग्यो । खेलको पहिलो मिनेटमै एपिएफका रमेश दङगाल गोल गर्न चुकेका थिए । ६२ औँ मिनेटमा फेरी एपिएफका सुदिप शिल्पकार खाली पोष्टमा गोल गर्न चुके । ७० औं मिनेटमा सुनसरीका गोलकिपर अगाडी बढ्दा पोष्ट खाली भएको अवस्थामा पनि एपिएफका रञ्जन विष्ट गोल गर्न चुकेपछि एपिएफ सुनसरीसँग निराश बन्न पुग्यो ।

पाएका दर्जनौँ अवसर खेर फाल्दा पराजित भएको एपिएफका प्रशिक्षक रत्नकाजी मर्हजनले बताए । हारको सम्पुर्ण जिम्मा आफुले लिने समेत मर्हजनले बताए । यता सुनसरीका प्रशिक्षक श्याम मानन्धरले पाएको थोरै अवसर पनि सदुपयोग गर्न सक्दा सफलता प्राप्त भएको बताए । खेलमा दुई गोल गरेका सुनसरीका हेमन्त थापा मगर ‘म्यान अफ दि म्याच’ हुँदै नगद १० हजार प्राप्त गरे ।

९ दिन सम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख प्राप्त गर्दा उपविजेताले नगद २ लाख प्राप्त गर्ने छ । हरेक दिनको ‘म्यान अफ दि म्याच’ तथा प्रतियोगिताको उत्कृष्ट रक्षक, प्रशिक्षक, मिडफिल्डर, फरवार्डले समान नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छ । साेमबार हुने खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरले  विरुद्ध बिर्ता युनाइटेड झापासंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार