फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिका ४ का भवानी खनाल २ गाई पालनबाट मासिक ६८ हजार आम्दानी गर्छन् । दैनिक ४० लिटर दूध बिक्रि गर्ने खनाल परिवारले गाईपालनबाट गरेको रहरलाग्दो आम्दानीबाट गाउँका किसानहरुपनि पशुपालनमा आकर्षित भएका छन् ।
फाकफोकथुम ४ का भवानी खनालले २० वर्ष अघिसम्म स्थानीय जातका गाई पालन गर्दै आएका थिए । स्थानीय जातका गाईपालनबाट राम्रो आम्दानी नभएपछि उनी वै।देसिक रोजगारीमा गए ।

बिदेश गएपछि खनालले उन्नत जातका गाई पालनबाट राम्रो आम्दानी गरेको देखेपछि स्वदेश फर्किएर पशुपालनमै लाग्ने सोच बनाए । वैदेशीक रोजगारीबाट फर्किएपछि खनालले दुई वटा उन्नत जातका गाई पालन शुरु गरे । घाँसको समस्या नहुने फाकफोकथुममा गाउँपालिका हुँदैन । अहिले दुई गाईको दूध पालनबाट दूधबिक्रि गरि भवानी खनालले स्थानीय थामडाँडा कृषि तथा पशुपालन संस्थाबाट मासिक ६८ हजार आम्दानी लिने गरेका छन् ।

१० वर्ष अघि वैदेसीक रोजगारीबाट फर्के लगत्तै उन्नत गाई पालन खनालले शुरु गरेका थिए । स्थानीय जातका गाई पालनबाट दैनिक १४ लिटर दूध बिक्रि गर्ने खनाल परिवारले अहिले ४० लिटर दूध संस्थामा बिक्रि गर्दै आएका छन् ।
मासिक ६८ हजार संस्थाबाट थाप्ने खनालको मासिक १० हजार घाँस र १५ हजार श्रममा खर्च गर्दापनि ३३ हजार खुद आम्दानी हुन्छ । वैदेशीक रोजगारी सरह स्वदेशमै आम्दानी गर्न पाएकोमा खनालकी श्रीमति सजना ढकाल पनि खुशि छन् ।

खनाल परिवारको दैनिक संकलन हुने दूध संस्थामा पुर्याउन दुवैजना जाने गरेका छन् । ग्रामीण क्षेत्रमा खनाल परिवारले गाई पालनबाट गरेको आम्दानी गाउँमा मात्रै नभएर वैदेशीक रोजागरीका लागि सहर धाउने युवाका लागि उदाहरण बनेको छ । पशुपालनलाई व्यवसायीक प्रोत्साहान गर्न गाउँपालिकाले पनि योजना बनाएको अध्यक्ष दिपेन्द्र खनालले बताए ।