Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सुरुवाती अग्रता उल्टयाउँदै मछिन्द्र सेमीफाइनल प्रवेश

सुरुवाती अग्रता उल्टयाउँदै मछिन्द्र सेमीफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन १० २०७९


सुरुवाती अग्रता उल्टयाउँदै मछिन्द्र सेमीफाइनल प्रवेश

इलाम । सुरुवाती अग्रता उल्टयाउँदै मछिन्द्र क्लब झापा–भद्रपुर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा जारी प्रतियोगितामा मछिन्द्रले चर्च व्वाइजलाई २–१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठ र बिमल घर्ती मगरले गोल गरे ।

चर्च व्वाइजका लागि एक मात्र गोल कप्तान अनन्त तामाङले गरे । खेलको सुरुवाती अग्रता चर्च व्वाइजले लिएको थियो । खेलको ५५ औ मिनेटमा एरिक बिष्टको फ्रिकिक प्रहारमा गगनदिप सिंहको क्रसलाई हेडर मार्फत अनन्तले जाली चुमाएका थिए । निर्धारित समयको अन्तिम १० मिनेटमा २ गोल फर्काउदै मछिन्द्रले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

८० औ मिनेटमा सुजल श्रेष्ठले खेल बराबरीमा ल्याए । सुजल माथि एरिक बिष्टले फाउल गरेपछि पाएको फ्रिकिक प्रहार सहजै गोलमा परिणत भएको थियो । ५ मिनेट नवित्दै छिरिङ गुरुङको क्रसलाई हेडर मार्फत बिमलले जाली चुमाएपछि मछिन्द्र अन्तिम ४ मा प्रवेश गर्ने दोश्रो टोली बन्यो । खेलको म्यान अफ दि म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए ।

म्यान अफ दि म्याचको ट्रफी र नगद नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले हस्तान्तरण गरिन् । चर्च व्वाइज नेपाल पुलिसलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा विहिबार विभागीय टोली त्रिभुवन आर्मी र ड्रुक ल्हायुल एफसी भुटान बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार