Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपालको बराबरी

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपालको बराबरी

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन ६ २०७९


दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपालको बराबरी

इलाम : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतसँग गोलरहित बराबरी खेलेको छ। चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन्। जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो।

यसअघि पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २(२ गोलको बराबरी खेलेको थियो। बुधबार भएको खेलमा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग रोमाञ्चक बराबरी खेलेको हो। नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन्। गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको थियो।

ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार