फिक्कल । देउमाइ नगर बुद्दिचाल समितिको अध्यक्षमा डिवन राई चयन भएका छन् । राईको नेतृत्वमा देउमाईमा ७ सदस्यीय बुद्धिचाल समिति गठन भएको हो । समितिको उपाध्यक्षमा गंगा राई, सचिव राम जोशी, कोषाध्यक्ष धनकुमार पराजुली रहेका छन् । सदस्यहरुमा मित्र आचार्य र मनिता बर्देवा रहेका छन् । एक जना सदस्य नगर खेलकुद विकास समितिको सिफारिसमा थप गरिने छ ।
जिल्ला सम्मेलनका लागि अशोक प्रधान, शर्मिला राई (लिम्बु) र नरेन्द्र आचार्यलाई प्रतिनिधि सिफारिस गरिएको छ । देउमाई नेपाल बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष बिदुर गौतमको गृह नगर समेत हो । नेपाल बुद्धिचाल संघको विधान २०४८ (संसोधन २०७९) को परिच्छेद ९, दफा ३१, उपदफा ७ को व्यवस्था अनुसार प्रदेश १ मा खेल विस्तार गर्न प्रकाश परियारलाई संयोजक तोकिएको थियो ।
परियार नेतृत्वको समितिले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को मर्म अनुसार नेपाल बुद्धिचाल संघको विधानको अधिनमा रही फागुन ७ गतेसम्म साधारणसभा र निर्वाचन सम्पन्न गर्नुपर्ने केन्द्रिय निर्देशन रहेको छ ।