Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि करफोक विद्या मन्दिरलाई

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि करफोक विद्या मन्दिरलाई

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन १ २०७९


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि करफोक विद्या मन्दिरलाई

फिक्कल ।  इलामको सूर्योदय नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालयले जितेको छ । प्रतियोगितामा ११ स्वर्ण पदक सहित करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालय प्रथम भएको हो । फिक्कल माध्यमिक बिद्यालय १० स्वर्ण सहित दोस्रो र कृष्णाश्रम माध्यमिक बिद्यालय ६ स्वर्ण सहित तेस्रो भएका छन ।

बिरेन्द्र माध्यमिक बिद्यालयको खेलमैदानमा सम्पन्न खेलमा छात्र तथा छात्रा दौड, हाईजम्प, लङजम्प, सटपुट लगायतका ३० वटा इभेन्टको प्रतियोगितामा सम्पन्न भएको थियो । प्रतियोगितामा नगर क्षेत्रका सामुदायिक र संस्थागत गरी १८ बिद्यालय सहभागीता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी र बिद्यालयले पदक , प्रमाण पत्र तथा ट्रफी पाएका थिए ।

उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीले जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी बन्न पाउने छन । सूर्योदय नगरपालिका नगर खेलकुद बिकास समितिका संयोजक सौरभ आचार्यको अध्यक्षता तथा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राईले खेल क्षेत्रको बिकासमा नगरपालिकाले सधै ध्यान दिने बताए। उनले स्थानीय सरकार खेल क्षेत्रको बिकासका लागि सधै तत्पर रहेको र सम्बन्धित बिद्यालय र खेलाडी समेतले प्रतियोगिताका लागि मेहनत गर्नु पर्ने बताए । वडा नं ९का वडाध्यक्ष देवेन्द्र शर्माले गाउँगाउँमा खेलाडी उत्पाद गर्न प्रतियोगिताले सहयोग गर्ने बताए।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला स्तरीय संस्करण यस पटकबाट फरक फरक पालिकामा गर्न थालिएको बताए । बिगतमा जिल्ला सदरमुकाममा मात्र हुँदै आएको प्रतियोगिता यस पटक फाकफोकथुम गाउँपालिकामा आयोजना गरिने उनले बताए ।

राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट गर्ने थलो भएकाले स्थानीय सरकारले प्रतियोगिताका लागि बजेटको ब्यवस्था गर्नु पर्ने बताए । सूर्योदय नगरपालिकाका खेलकुद प्रशिक्षक प्रदिप नारायण प्रधानले स्वागत मन्तब्य राखेको कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले संचालन गरेका थिए।

कार्यक्रममा रेफ्री सहित सहयोगी र बिजेतालाई नगरप्रमुख राई सहितका अतिथिले प्रमाणपत्र, मेडल वितरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार