रोङ। इलामको रोङ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सम्पन्न भएको छ । माघ २६ र २७ गते भएका प्रतियोगितामा शान्ति निकेतन मावि प्रथम भएको छ।गाउँपालिका भित्रको १२ देखी १८ बर्ष उमेर समुहको ९ वटा माध्यामिक बिद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा आयोजना स्थल समेत रहेको शान्ति निकेतन माविले १६ स्वर्ण २ रजत र २ काष्य सहित २० पदक जितेर प्रथम भएको थियो । शान्तिपुर माविले ५ स्वर्ण ६ रजत र ६ काष्य सहित १७ पदक जितेर दोश्रो बन्दा, मोतिराम माविले ४ स्वर्ण र २ काष्य सहित कुल ६ पदकसहित तेस्रो स्थान हासिल गरेको हो।
बहुबन माविले २स्वर्ण र ६ काश्यसहित चौथो स्थान प्राप्त गर्दा शशी माविले १ स्वर्ण १० रजत सहित १५ पदक, सरस्वती माविले रोङ ६ ले१ स्वर्ण ४ रजत सहित ७ पदक, उमा महेश्वर माविले १ स्वर्णसहित ५ पदक र कुवापानी माविले ४ रजत सहित ५ पदक प्राप्त गरेको थियो ।प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिहरुले पदक र प्रमाण पत्र पाएका थिए ।उक्त प्रतियोगितामा प्रथम हुने खेलाडिहरु आगामि जिल्ला स्तरिय प्रतियोगिताको लागि छनौट भएका छन् ।