Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नरमखोला सिचाई आयोजनाको इलाम नगर प्रमुख थापाद्धारा सिलान्यास

नरमखोला सिचाई आयोजनाको इलाम नगर प्रमुख थापाद्धारा सिलान्यास

  • शेखर तिमसिना
  • शनिबार, माघ २८ २०७९


नरमखोला सिचाई आयोजनाको इलाम नगर प्रमुख थापाद्धारा सिलान्यास

इलाम । नरमखोला भित्ते बिच गाउँ हुदै हाइड्रो सिचाइ योजनाको इलाम नगर प्रमुख केदार थापाबाट सिलान्यास भएको छ । इलाम नगरपालिका ४ को सिचाई आयोजना इलाम नगरपालिकाका प्रमुख केदार थापाले एक कार्यक्रमका बिच भित्तेमा सिलान्यास भएको हो । आर्थिक बर्ष २०७९÷०८० को वार्षिक कार्यक्रममा रहेको योजनाको कुल लागत ७६ लाख ८१ हजार २ सय ४७ रुपैया छ।


१ हजार ७ सय ४ मिटर लामो कुलोको १ हनार ३ सय मिटर दुवै तर्फ पक्कि बन्ने छ । १ इन्टक, ७ वटा पैदल पुल ८ वटा सुपरप्यासेज, ५ आउटलेट, ४ भिलेज रोड बिज, मेसिनेरि वाल ,ग्याबिन पर्खाल निर्माण हुनेछ । आयोजनको १ हजार मिटर कुलो खन्ने काम अढाइ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।


६ वटा समुहमा कामको बिभाजन गरि दैनिक ७५ जना स्थानियबासीले रोजगारीका अवसर पाउने सिचाइ योजना समयमै ,गुणस्तरीय निर्माण साना सिचाई फिक्कल कष्टरका प्रमुख केशव लामाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार