Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

युवराज दाहालको नेतृत्वमा प्याब्सन माई नगर समिति

युवराज दाहालको नेतृत्वमा प्याब्सन माई नगर समिति

  • सन्देश सम्बाददाता
  • शुक्रबार, माघ २७ २०७९


युवराज दाहालको नेतृत्वमा प्याब्सन माई नगर समिति

माई । इलामको माई नगरपालिकामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को नगर तदर्थ समिति गठन भएको छ । युवराज दाहालको नेतृत्वमा नगर समिति गठन भएको हो । समितिको सचिवमा अर्जुन काफ्ले, कोषाध्यक्ष गजेन्द्र लिम्बु रहेका छन् ।

सदस्यहरुमा इश्वर राई, रुद्र राई रहेका छन् । प्याब्सन इलामका अध्यक्ष रगुन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनको केन्द्रिय उपाध्यक्ष युवराज बाशिष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य विकास कमचार्यको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्याब्सन इलामका बरिष्ठ सल्लाहकार प्रकाश भक्तराज, सूर्योदय प्याब्सन अध्यक्ष लाकेल लामा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार