Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बादलुको घुम्टोमा रम्यो थुम्केरानी (फोटो फिचर)

बादलुको घुम्टोमा रम्यो थुम्केरानी (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • मंगलबार, माघ २४ २०७९


बादलुको घुम्टोमा रम्यो थुम्केरानी (फोटो फिचर)

थुम्केरानी। पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानीमा तीन दिने थुम्केरानी महोत्सव मंगलबार सम्पन्न भएको छ । थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवर्द्धन समितिको आयोजना महोत्सव सुरु भएको थियो। माईजोगमाई गाउँपालिकाका कुशबहादुर थेवेले उद्घाटन भएको महोत्सवको समापनको दिन राष्ट्रियस्तरका कलाकारले बादलुको घुम्टोमा महोत्सवस्थलमा पुगेका दर्शक र दर्यटकहरुलाई पुरै नचाएका थिए ।

महोत्सवको समापनको प्रमुख अतिथि प्रदेश सासंद तथा पर्यटन तथा संस्कृति खिनु लङ्वाले माईजोगमाई क्षेत्रका पर्यटकीस्थलहरुको पूर्वाधार निर्माणमा निरन्तर रुपमा बजेट बिनियोजन गर्ने बताइन् । थुम्केरानी महोत्सवमा नेपाल भारतबाट पर्यटकहरुको भिड लागेको थियो ।

महोत्सवमा पुग्ने पर्यटकहरुले नेपाल भारतका दृश्यावलोकन, स्थानीय खानाका परिकार एवम् विभिन्न साँस्कृतिक कार्यक्रमहरु रमेका थिए। महोत्सवको उद्घाटनका अवसरमा स्थानीय सिंहदेवी मन्दिरको दर्शन र पूजापाठ गरिएको छ । महात्सवको दोस्रो दिन ट्रेकिङसहितका विभिकीयन्न कार्यक्रम र मंगलबार सांगीतिक कार्यक्रम गरिएको आयोक समितिका अध्यक्ष रत्न थामीले जानकारी दिए ।

थुम्केरानीबाट झुल्के घामको दृश्य अवलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाको केन्द्र नयाँबजारदेखि थुम्केरानी, जौबारी, तुम्लिङ्ग, टंङ्लु,मेग्मासम्मको पैदल यात्रा समेत महोत्सवको आकर्षणको रुपमा रहेको छ । त्यस्तै जंगल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन पर्यटकका लागि थप आर्कर्षक बन्नेछन् । विश्वको तेस्रो अग्लो हिमशृखला, दुर्लभ वन्यजन्तु हाब्रे रेडपान्ड, एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकनको व्यवस्था मिलाइएको थियो ।

महोत्सवमा गायक यम बराल, इन्द्र गुरुङ, पदम राई, विजय मुकारुङ राई, नवीन सुवेदीलगायत स्थानीय कलाकारको प्रस्तुती रहको थियो । मुख्य आकर्षणको रुपमा हास्यकलाकार सुबोध गौतम एदुमे रहेका थिए। एक्सीम्बल ब्यान्डको लाइभ कन्सर्टका साथै विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिएको थियो। सांङगितिक कार्यक्रमको उद्घोषण पर्यटन प्रवद्र्धनकर्मी संजिव थामिले गरेका थिए । 

माइजोगमाई गाउँपालिका २ र ६ को संगमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक दर्जनौ पर्यटक पुग्ने गरेका छन् । थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ ।
माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले गाउँपालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिने बताए । पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थल सहितका धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । थुम्केरानी जोड्ने सडक स्तरउन्नतीको काम सम्पन्न भएकाले यात्रा सहजै रहेको गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताइन् ।

यसरी पुग्न सकिन्छ थुम्केरानी

माईजोगमाई गाउँपालिको केन्द्र नयाँबजार देखि ५ किलोमिटरको यात्रामा पुग्न सकिने पर्यटकीयस्थल हो, थुम्केरानी । पछिल्लो समय थुम्केरानीमा सुर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकहरूको संख्या बढेको छ । इलाम सदरमुकाम इलाम बजारबाट सुर्योदय हेर्नको लागि सबै भन्दा नजिक पर्ने भएकाले पर्यटकहरुको पहिलो रोजाई थुम्केरानी बन्दै गएको हो । इलाम बजारदेखि सोयाङ हुँदै नयाँबजारसम्म गाडीबाट १ घन्टामा पुग्न सकिन्छ, थुम्केरानी ।े थुम्केरानी क्षेत्रमा अहिले होमस्टे संचालनमा आएका छन् ।


असोज, कात्तिक, मंसिर, चैत्र र बैशाख महिनामा थुम्के क्षेत्रमा बढी पर्यटकहरु पुग्ने गरेका छन् । समुुद्री सतहको २ हजार ४ सय मिटर उचाईमा रहेको थुम्केरानीबाट इलामका १० वटै स्थानीय तहसँगै तराईका फाटहरु पनि मज्जाले दृश्यावलोकन गर्न सकिन्छ । छिमेकी देश भारतका पर्यटकीय सहरहरु दार्जिलिङ्ग, कर्साङको दृश्य पनि मज्जाले देखिने माइजाेगमाइ पालिका निवर्तमान अध्यक्ष जीतबहादूर राइले बताए ।

लोपउन्मुख र अति नै बहुमुल्य केशर खेती इलाममा पहिलो पटक थालिएपछि थुम्केरानी क्षेत्रको महत्व झनै बढेको छ । सहरी क्षेत्रबाट नजिक भएकाले अहिले थुम्के क्षेत्रमा खानेपानी, भ्युटावर, पार्क, सडक, गोलघर र पदमार्ग निर्माणको काम गरिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार