Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रतुवा खोलामा पुल बनिएपछि चुलाचुलीबासी दंग

रतुवा खोलामा पुल बनिएपछि चुलाचुलीबासी दंग

  • अनिल लावती
  • शनिबार, माघ २१ २०७९


रतुवा खोलामा पुल बनिएपछि चुलाचुलीबासी दंग

चुलाचुली । झापाको दमक बजारसँग इलामको दक्षिणि चुलाचुली गाउँपालिका जोड्ने रतुवा खोला पुल निर्माणपछि स्थानीय हर्षित भएका छन् । मदन भण्डारी राजमार्ग मार्फत रतुवा खोलामा पुल निर्माण भएपछि चुलाचुली ५ का बासिन्दाको दमक बजार यात्रा सहजले गाउँमा उत्पादित कृषि उपजको सहजै बजारमा पुहँच पुगेको छ । इलाम चुलाचुली–५ का जसबरी राई झापाको दमक दैनीक तीन पटकसम्म हुन्छ ।


बिरामी हुँदा होस् या उपभोग्य सामग्री खरिद गर्न दमक नपुगि चुलाचुलीबासीको जिवन चल्दैन । बर्खा होस् वा हिउँद घरबाटै धाएर चुलाचुलीबासीले दमक बजारको भर पर्नुपर्ने बाध्यताले रतुवा खोलामा पुल नहुँदा समस्या भोग्दै आएका थिए ।


हिउँदमा त सहजै दमक चुलाचुली यात्रा गरेपनि बर्खा लागेपछि बिहान दमक जाने चुलाचुलीबासीका लागि साँझ घर फर्कन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हुन्थ्यो । तर अहिले मदन भण्डारी राजमार्ग मार्फत रतुवा खोलामा पुल निर्माण भएपछि चुलाचुली ५ का बासिन्दाको दमक बजार यात्रा सहज भएको हो ।


रतुवा खोला पुल २०७७ भदौ ५ मा संझौता भएको थियो । यो खोलाको पुलको काम अहिले ९० प्रतिसत सकिएर यातायातका सवारीसाधन पनि संचालनमा आएका छन्। पुल निर्माणले गति लिएपछि अब २०८० सालको बर्खामा बाढीसँग पैठेजोरी खेल्दै यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । रतुवाको खोलाको पुलले चुलाचुली–५ बुकुवासँगै सिंगो पालिकाबासीको जिवनस्तर सुधारमा सहज पुग्ने अध्यक्ष राजेन्द्र केरुङले बताए ।


रतुवा खोलामा पुल नहुँदा स्थानीयलाई ठूलो समस्या हटेपछि स्थानीय दंग छन् । यो ठाउँमा मदन भण्डारी राजमार्ग अन्तरगत रतुवा खोलामा पुल निर्माणको धमाधम काम भइरहेको छ । कुनैबेला चुलाचुली ‘इलामले नदेखेको, झापाले नहेरेको’ भाष्यले परिचित थियो । तर, यो भाष्य क्रमशः परिवर्तन हुँदैछ । संघीयताले यो ठाउँका स्थानीयमा खुसी ल्याएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार