Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मृत्युदण्डको सजायवाट जोगिएका इलामका दियाली नेपाल फर्किए,

मृत्युदण्डको सजायवाट जोगिएका इलामका दियाली नेपाल फर्किए,

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस ८ २०७४


मृत्युदण्डको सजायवाट जोगिएका इलामका दियाली नेपाल फर्किए,

इलाम । मृत्युदण्डको सजायवाट जोगिएका इलामका भिमबहादुर दियाली नेपाल फर्किएका छन् । इलामको साविकको एकतप्पा गाविस ७ घर भएका दियाली मृत्यु दण्डको सजाय हुनबाट जोगिए पश्चात नेपाल फर्किएका हुन् ।

कम्पनी मालिकको आदेशको पालना गर्ने क्रममा गएको वर्ष फेव्रुवरी १८ तारिखमा दियाली पक्राउ परेको नेपाली दुतावास मलेशियाले जनाएको छ । नेपाली दुतावासको पहलमा वकिलको ब्यवस्था गरेपछि उनको पक्षमा वहस पैरवी सुरुभएको थियो । सेप्टेम्बर १५ तारिखका दिन मकामातिङगी अदालतले दियालीलाई निर्दोष ठहर गर्दै सफाइ दिएको थियो । सोही दिनमै उनले आफू निर्दोष भएको र छुटेको भन्दै वकिलको फेसबुकमार्फत भिडियो समेत सार्वजनिक गरेका थिए ।

दियालीले भनेका थिए,’मेरो गाजा केश थियोे जुन मेरो थिएन अर्को साथीको थियो, ऊ गयो । मलाई आज छाडिदियो मेरो लयरले छुटाइदियो ।’ आफू क्याम्पमा भएको जानकारी गराउँदै छिटो डकुमेन्ट, पैसा र टिकट काटेर पठाइदिन उनले आग्रह गरेका थिए । दियालीका गाउँले वुद्धिमान राईले  भने,’मलाई दियालीको वारेमा रेशम बराइलीले जानकारी दिएका थिए त्यसपछि दुतावासमा गएर कुरा राखे सुरु देखिनै फलोअप गरिरहे ।’

उनले मलेसियाको नेपाली दुतावास परिवार र पूर्व सभामुख सुवासचन्द्र नेम्वागको विशेष पहल रहेको समेत जानकारी दिए । दियाली सेक्युरिटी कम्पनीमा कार्यरत रहेका थिए । रोजगारी सकेर घर र्फकन थालेको अवस्थामा उनलाई लागु पदार्थ झोलामा बोेकेको भन्दै फसाउन खोजिएको थियो । उनले सुगाईवुलो जेलमा करिव डेढ वर्ष र क्याम्पमा तीन महिना बिताएका थिए । नेपाल पुगे पश्चात आफूलाई सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् । साथै भनेका छन्,’ अन्जानमा कसैको पनि केही सामानहरु नबोक्नुहोला ।’

प्रतिक्रिया
सम्बन्धित समाचार