इलाम । आगामी माघ २४ गतेबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा चौथो संस्करणको कटक–गोकुल भलिबल प्रतियोगिता हुने भएको छ । अखिल क्रान्तिकारी महेन्द्ररत्न बहुमुखी क्याम्पसको आयोजनामा अन्तर संकायगत कक्षा स्तरीय छात्र/छात्रा भबिल प्रतियोगिता हुन लागेको हो ।
राज्यद्धारा वेपता पारिएका अखिल क्रान्तिकारीका नेता कटक साङपाङ र गोकुल निरौलाको स्मृतिका प्रतियोगिता आयोजना भएको हो । अखिल क्रान्तिकारीका तत्कालिन केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष कटक साम्पाङलाई २०५८ साल माघ १ गते तत्कालिन काम्ब्राङ समुहले बाँझाको लारुम्वाबाट नियन्त्रणमा लिएर नेपाली सेनाको जिम्मा लगाएको थियो ।
त्यसको एक बर्षपछि शान्तिपुरको बिलन्दे जंगलमा उनको हत्या गरिएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । तर नेपाल सरकारले उनलाई वेपताको सुचीमा राखेको छ ।