Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

नेपाल बुद्धिचाल संघ इलाम संयोजकमा परियार

नेपाल बुद्धिचाल संघ इलाम संयोजकमा परियार

  • लोकल सन्देश
  • शनिबार, माघ १४ २०७९


नेपाल बुद्धिचाल संघ इलाम संयोजकमा परियार

इलाम । नेपाल बुद्धिचाल संघ इलामको तदर्थ समिति प्रकाश परियारको संयोजकत्वमा गठन भएको छ । संघको सदस्यमा रोशन राई, गणेश घिमिरे, मनिषा योङहाङ, विक्रम लिम्बु, राम योङहाङ, श्याम स्याङ्बो लिम्बु र राम लिङ्दम रहेका छन् । नेपाल बुद्धिचाल संघको विधान २०४८ (संसोधन २०७९) को परिच्छेद ९, दफा ३१, उपदफा ७ को व्यवस्था अनुसार प्रदेश १ मा खेल विस्तार गर्न समिति गठन भएको हो ।

नव गठित समितिले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को मर्म अनुसार नेपाल बुद्धिचाल संघको विधानको अधिनमा रही २०७९ फागुन ७ गतेसम्म साधारणसभा र निर्वाचन सम्पन्न गर्नुपर्ने केन्द्रिय अध्यक्ष विदुर गौतमले पठाएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार