Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम नगरकप : उपाधिको लागि वडा नं ३ र ७ भिड्ने

इलाम नगरकप : उपाधिको लागि वडा नं ३ र ७ भिड्ने

  • लोकल सन्देश
  • बिहिबार, माघ ५ २०७९


इलाम नगरकप : उपाधिको लागि वडा नं ३ र ७ भिड्ने

इलाम । इलाम नगरकपको उपाधिको लागि वडा नं ३ र वडा नं ७ प्रतिस्पर्धा गर्ने भएका छन् । आज सम्पन्न दोश्रो सेमीफाइनलमा वडा नं ७ विजय भएसंगै उपाधिका लागि भिड्ने टिम पक्का भएको हो । इलामको ठुलो टुडिखेलमा सम्पन्न दोश्रो सेमीफाइनल खेलमा वडा नं ७ ले वडा नं ५ लाई ३–२ गोल अन्तरले पन्छाउँदै कम्तीमा ७५ हजार सुरक्षित गरेको हो ।

खेलको पहिलो मिनेटमा सुमन धमलाको गोलबाट वडा नं ७ ले अग्रता बनाएको थियो । ५ औँ मिनेटमा पासाङ शेर्पाले अग्रता दोब्बर बनाए । २४ औ मिनेटमा सिमन नुगोले गोल गर्दै अग्रता कम बनाए । ४० औ मिनेटमा सुमन धमलाले गोल गर्दै आफ्नो टिमलाई ३–१ अग्रता दिलाए । खेलको ५५ औँ मिनेटमा सिमनले व्यक्तिगत दोश्रो गोल गरेपनि टिमलाई फाइनलसम्म पु¥याउन सकेनन् ।

खेलको म्यान अफ दि म्याच विजेता टिमका सुमन धमला घोषित भए । उनलाई वडा नं ५ का वडाध्यक्ष काजीबहादुर श्रेष्ठले पुरस्कार प्रदान गरे । आगामी माघ ७ गते प्रतियोगिताको उपाधि भिडन्त हुनेछ । विजेता टिमले १ लाख ५० हजार र उप विजेताले नगद ७५ हजार प्राप्त गर्नेछ । सेमीफाइनलमा पराजित बनेका वडा नं ३ र वडा नं ९ ले जनही २५ हजार प्राप्त गर्नेछन् ।

इलाम नगर खेलकुद विकास समितिको आयोजनामा गत पुष २५ गतेबाट जारी प्रतियोगितामा इलाम नगरपालिकाका १२ वटा वडाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार