Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

फराकिलो जितका साथ वडा नं ९ सेमीफाइनल प्रवेश

फराकिलो जितका साथ वडा नं ९ सेमीफाइनल प्रवेश

  • लोकल सन्देश
  • शुक्रबार, पौस २९ २०७९


फराकिलो जितका साथ वडा नं ९ सेमीफाइनल प्रवेश

इलाम । इलाम नगरकप अन्र्तगत वडा नम्बर ९ विजयी बन्दै सेमीफाइनल प्रवेश गरेको छ । इलाम स्थित ठुलो टुडिखेलमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा इलाम नगरपालिका—१२ माथि ७—० गोल अन्तरको फराकिलो जित दर्ता गर्दै वडा नं ९ अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको सुरुवातबाटै दबाब बनाएको वडा नं ९ ले खेलको ११ औ मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । विशाल खवासले टिमलाई अग्रता दिलाए । १८ औ मिनेटमा मनिष थापाले अग्रता दोब्बर बनाए । ३३ औ मिनेटमा कप्तान प्रदिप विष्टले गोल गर्दैै अग्रता ३—० बनाए ।

पहिलो हाफमा स्पष्ट अग्रता बनाएको वडा नं ९ ले दोश्रो हाफमा थप ४ गोल गर्न सफल रहयो । ४५ औ मिनेटमा मनिष थापाले व्यक्तिगत दोश्रो गोल गरे । ४ मिनेट नवित्दै प्रविन राईले अग्रता ५—० बनाए ।

७५ औ मिनेटमा प्रविनले व्यक्तिगत दोश्रो गोल गरे । खेलको अन्तिम मिनेटमा विशाले व्यक्तिगत दोश्रो गोल गरे । ७—० को फराकिलो जितसंगै वडा नं ७ ले उपाधि यात्रा सहज बनाएको छ ।

अब उसले फाइनल प्रवेशका लागि वडा नं ८ र ३ बिचकाे संग प्रतिस्पर्धा गर्नेछ । आजको खेलको मेन अफ दि म्याच बिजेता टिमका प्रविण राई घोषित भए । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा शनिबार वडा नं ७ र ६ भिड्नेछन् ।

वडा नं ७ ले वडा नं ११ लाई हराउदै क्वाटरफाइनल खेलमा स्थान बनाएको हो । वडा नं ६ वाई पाउँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार