Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विकास योजनाको अनुगमनलाई तिब्रता दिदै नगर प्रमुख केदार थापा

विकास योजनाको अनुगमनलाई तिब्रता दिदै नगर प्रमुख केदार थापा

  • लोकल सन्देश
  • शुक्रबार, पौस २९ २०७९


विकास योजनाको अनुगमनलाई तिब्रता दिदै नगर प्रमुख केदार थापा

इलाम : इलाम नगरपालिका भित्र निमार्ण भएका विकास योजनाको अनुगमन लाई नगर प्रमुख केदार थापाले तिब्रता दिएको छ । प्रमुख थापाले नगरपालीकाका १२ वटै वडामा निर्माणाधिन योजनाको गुणस्तरता कायम राख्न प्राबिधिक सहितको टोलि लिएर निरीक्षणकार्य लाई प्राथमिकतामा राखेका हुन । बिहिबार नगर प्रमुख थापाको नेतृत्वमा इलाम नगरपालिका वडा न ६ सेतिदेवि र देउमाई नगरपालिका वडा न ६ फुटुक जोड्ने पुलको निरीक्षण गरिएको छ ।

पुवाखोलामा निमाणाधिन अवस्थामा रहेको मोटरेबल पक्कि पुल करिब २७ मिटर लामो रहेको छ । ४ करोड १८ लाख १ हजार ६३ रुपैयाँको लागतमा निर्माण भइरहेको पुल २०८१ आषाढमा सम्पन्न हुने छ । यो पुल निर्माण पश्चात् इलाम नगरपालिका ११ सहित देउमाईमा नागरिकलाई सहज हुन ठानिएको छ । यस्तै बिहिबार नै अन्य दुई सडकको समेत निरीक्षण गरिएको छ ।

मेची राजमार्ग (लेन्डफिल्ड साईड( साङरुम्बा र इन्टेक टुडिखेल सडकको समेत अवलोकन गरिएको हो । निर्माण भएका योजनाको दिगोपना र गुणस्तरिय कायम राख्नका लागि अनुगमन आवस्यक रहेको प्रमुख थापाको भनाई छ ।
नगरमा भएका सबै योजनाको अनुगमलाई निरन्तरता दिने बताउदै प्रमुख थापाले इलामलाई नमुना नगरपालिका बनाउनेमा सबैलाइ हातेमालो गरी अगाडी बढनु पर्ने बताए ।

उनले कुन ठाउँका के आवश्यक छ त्यसको पहिचान गरेर स्थानीय नागरिक संग छलफल गरेरमात्र नगरका योजना संचालक गरिने समेत बताएका छ्न । बिहिबार गरिएको अनुगमन टोलीमा इलाम नगरपालिका ४,७,९ वडाका वडाअध्यक्ष, नगरपालिकाका इन्जिनियर ,सब इन्जिनियर , स्थानीय नागरिक साथै पत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार