इलाम । जिल्ला क्रिकेट संघ इलामको आयोजनामा त्रिकोणात्मक क्रिकेट सिरिज हुने भएको छ । बोस्टन क्रिकेट एकाडेमीको ब्यबस्थापन र युथ अफ खुदुनाबारीको समन्वयमा अर्जुनधारा नगरपालिका–३ स्थित प्रस्तावित कैदले रङगशालामा आगामी पुस ३० गते शनिरवार देखि टी–२० सिरिज हुने भएको हो ।
बोस्टन क्रिकेट एकाडेमी झापा, क्रिएटिभ युथ क्लब कुटिडाँडा इलाम र भारतको सिक्किमको एक टिम बिच सिरिज हुने जिल्ला क्रिकेट संघ इलामका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए । सिरिजका लागि आवश्यक तयारी पुरा भएको जनाइएको छ । रोङ टिम र बोस्टन टिम बिच भएको २ खेलको सिरिजमा १/१ खेलको बराबरी भएको छ ।
दुबै टिम आगामी शनिवार देखि हुने त्रिकोणात्मक सिरिजका लागि तयार रहेको बोस्टन एकाडेमीका सन्चालक बिनित बास्तोलाले बताए । जिल्लाका खेलाडिहरुको खेलमा आवश्यक निखारता एबम परिपक्वताको बिकास गर्न यस्ता किसिमका म्याच एक्सपोजर आवस्यक रहेको संघका अध्यक्ष पौडेलले बताए ।
क्रिएटिभको १३ सदस्यीय टोली सार्वजनिक
क्रिएटिभ युथ क्लबले हेमन राईको कप्तानीमा १३ सदस्यीय टोली सार्वजनिक गरेको छ । टोलीको विकेटकिपरमा निशेत पौडेल रहेका छन् । अन्य सदस्यहरुमा प्रज्वल खत्री, गौरब भट्टराई, सुदिप पौडेल, सुयोग भट्टराई, उज्वल प्रताप सिँह राजवंशी, सुजन थपलिया रहेका छन् । त्यस्तै रुपक बराल, अबिरल ओली, भुपाल दङगाल, कुबेर पौडेल, सिवान्श बजगाई समेत १३ सदस्यीय टोलीमा अटाएका छन् ।