Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

युनाइटेड फिक्कल र कटरडाँगी बिजयी

युनाइटेड फिक्कल र कटरडाँगी बिजयी

  • लोकल सन्देश
  • बुधबार, पौस २० २०७९


युनाइटेड फिक्कल र कटरडाँगी बिजयी

फिक्कल । एकता खुल्ला लातेभकुण्डो प्रतियोगिता अन्र्तगत बुधबारको खेलमा युनाइटेड फिक्कल एफसी र कटरडाँगी एफसी बिजयी भएका छन् । आजको पहिलो खेलमा अटो संघलाई हराउँदै युनाइटेडले दोश्रो चरणमा स्थान बनाएको हो ।

त्यसैगरी दोश्रो खेलमा तारगाउँ एफसीलाई हराउँदै कटरडाँगी समेत बिजयी भएको छ । विहिबारको पहिलो खेलमा बि एन बि मालुम एफसी र मलिम एफसी बिच खेल हुनेछ । दोस्रो खेल माईजोगमाई र मोक्ष गोदक एफसी बिच हुनेछ ।

प्रतियोगितामा ३६ टोलीको सहभागिता रहेको छ । एकता शान्ति क्लबको आयोजनामा आगामी माघ ७ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार