Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अखिल क्रान्तिकारीद्धारा मरब क्याम्पसको ध्यानाकर्षण

अखिल क्रान्तिकारीद्धारा मरब क्याम्पसको ध्यानाकर्षण

  • लोकल सन्देश
  • मंगलबार, पौस १९ २०७९


अखिल क्रान्तिकारीद्धारा मरब क्याम्पसको ध्यानाकर्षण

इलाम । अखिल क्रान्तिकारीले महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका विभिन्न माग राख्दै ध्यानाकर्षण गराएको छ । क्रान्तिकारीले क्याम्पसमा अंग्रेजी बिषयको प्राध्यापकको अभावका कारण पठनपाठनमा समस्या भएकाले समाधान गर्न माग राखेको छ । त्यसैगरी एउटै कक्षा कोठामा विद्यार्थी चाप बढी भएकाले अध्ययनमा समस्या रहेको उल्लेख गर्दै सेक्सन विभाजन गर्नुपर्ने जनाएको छ ।

बिबिएस प्रथम वर्षका विद्यार्थीहरु मर्कामा परेकाले चाडै हल निकाल्न क्याम्पस प्रशासनलाई ध्यानाकर्ष गराइएको हो । अखिल (क्रान्तिकारी) म.र.ब. क्याम्पस समिति तथा सिफ्ट समितिले क्याम्सप प्रमुख खगेन्द्र चापागाईलाई ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षणपत्र बुझाउँदै अखिल क्रान्तिकारीका अध्यक्ष नयन राईले माग प्रति क्याम्पस प्रशासन सकारात्मक देखिएको बताए ।

ध्यानाकर्षणपत्र बुझाउन अखिल क्रान्तिकारी मरब क्याम्पस अध्यक्ष राजेन्द्र लोहारको नेतृत्वमा विद्यार्थीहरु भेला भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार