Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

शान्तिपुर र भेनस बिजयी

शान्तिपुर र भेनस बिजयी

  • लोकल सन्देश
  • आइतबार, पौस १७ २०७९


शान्तिपुर र भेनस बिजयी

फिक्कल । एकता खुल्ला लाते भकुण्डो प्रतियोगितामा शान्तिपुर एफसी र भेनस सुन्दरपानी बिजयी भएका छन् । सूर्योदय नगरपालिका–९ गहिरी गाउँमा जारी प्रतियोगिताको तेश्रो दिनको पहिलो खेलमा केराबारी एफसीलाई टाइब्रेकरमा हराउँदै शान्तिपुर दोश्रो चरणमा प्रवेश गरेको हो । दोश्रो खेलमा फिक्कल हाटबजार युवा विकास एफसीलाई ३–१ गोल अन्तरले हराउँदै भेनस समेत दोश्रो चरणमा प्रवेश गरेको छ ।

माघ ७ गतेसम्म चल्ने प्रतियोगिताको चौथो दिनको खेलमा तीनघरे एफसी र तारगाउँ एफसी तथा सिएफसी गोलाखर्क र युनाइटेड युथ आरुबोटे विच खेल हुनेछ । प्रतियोगितामा ३६ टोलीको सहभागिता रहेको छ । एकता शान्ति क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार