Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

करफोकमा विज्ञान तथा गणित प्रर्दशनी एवम् प्रतियोगिता सम्पन्न

करफोकमा विज्ञान तथा गणित प्रर्दशनी एवम् प्रतियोगिता सम्पन्न

  • लोकल सन्देश
  • आइतबार, पौस १७ २०७९


करफोकमा विज्ञान तथा गणित प्रर्दशनी एवम् प्रतियोगिता सम्पन्न

फिक्कल । पर्यटकीय नगरी सूर्योदयमा तीन दिवसीय विज्ञान तथा गणित प्रर्दशनी एवम प्रतियोगिता सम्पन्न भएको छ । व्यवहारिक शिक्षा प्रयोगात्मक सिकाई सूर्योदय नगरपालिकाको पहिलो रोजाई नारा दिएर गत पुष १५ गतेबाट करफोक माविमा सुरु भएको प्रर्दशनी आज समापन भएको हो ।

नगर शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको भएको कार्यक्रमको आधारभुत तह विज्ञान प्रर्दशनीमा करफोक मावि प्रथम बन्दै नगद २० हजार प्राप्त गरेको छ । दोश्रो बनेको ज्योती माविले १५ हजार र तेश्रो बनेको सनराइज अंग्रेजी विद्यालयले १० हजार रुपैया प्राप्त गरेको छ ।

त्यसैगरी आधारभुत गणित प्रर्दशनीमा करफोक विद्या मन्दिरले प्रथम स्थान हासिल गर्दै नगद २० हजार प्राप्त गरेको छ । दोश्रो बनेको फिक्कल माविले १५ हजार र तेश्रो नर्वदा कल्याण अंग्रेजी विद्यालयले १० हजार प्राप्त गरेको छ । माध्यमिक तह तर्फ गणित प्रर्दशनीमा हेरोहल एकाडेमीले प्रथम स्थान हासिल गर्दै २० हजार प्राप्त गरेको छ । दोश्रो बनेको कृष्णाश्रम माविले १५ हजार र तेश्रो बनेको एभरल्यान्ड इन्टरनेशनल एकाडेमीले १० हजार प्राप्त गरेको छ ।

माध्यमिक तह विज्ञान प्रर्दशनीमा फिक्कल माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद २० हजार प्राप्त गरेको छ । दोश्रो बनेको एभरल्यान्ड इन्टरनेशनल एकाडेमीले १५ हजार र तेश्रो बनेको पञ्चकन्या बोडिङ स्कुलले १० हजार प्राप्त गरेको छ । शिक्षाका प्रमुख योगनिधि भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रर्दशनीमा ४० विद्यालयका ३५० विद्यार्थी र १ सय शिक्षक सहभागी थिए । प्रर्दशनीको दैनिक १ हजार ५ सय भन्दा बढिले अवलोकन गरेका थिए । प्रर्दशनीमा प्लाटोनियम र भिर सेट समेत अवलोकनको लागि राखिएको थियो । सहभागी सवै विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

सबै सहभागी बिद्यार्थी र शिक्षकको लागि दैनिक खाजा र यातायात खर्चको व्यवस्था गरिएको थियो । प्रर्दशनीमा करिब १० लाख रुपैया खर्च भएको शिक्षा शाखाका प्राविधिक नविन पौडेलले जानकारी दिए । सूर्योदयले विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्दे उद्धेश्यले हरेक बर्ष विज्ञान तथा गणितको प्रर्दशनी र प्रतियोगिता गर्दै आएको छ । गत बर्ष प्रर्दशनी कन्याम स्थित कृष्णाश्रम माविमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार