Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

मालुम र इडेन भ्यालीको बिजयी सुरुवात

मालुम र इडेन भ्यालीको बिजयी सुरुवात

  • लोकल सन्देश
  • शुक्रबार, पौस १५ २०७९


मालुम र इडेन भ्यालीको बिजयी सुरुवात

फिक्कल । एकता खुल्ला लाते भकुण्डो प्रतियोगितामा सुनौलो मालुम एफसी र इडेन भ्याली एफसीले बिजयी सुरुवात गरेका छन् । सूर्योदय नगरपालिका–९ गहिरी गाउँमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा मालुमले आयोजक एकता शान्ति एफसीलाई ८–३ गोल अन्तरले हराउँदै दोश्रो चरणमा स्थान बनाएको हो ।

मालुको जीतमा सुजन पुरी र कान्छा लेप्चालेले ह्रयाट्रिक गरे । आर्यन पौडेल र हेम नेपालले १÷१ गोल गरे । आयोजकको तर्फबाट सुवास मुखिया, रोशन सुवेदी र डम्बर लेप्चाले १÷१ गोल गरे । त्यसैगरी दोश्रो खेलमा इडेन भ्यालीले आहाले एफसी माथि ५–१ गोल अन्तरको जित दर्ता गर्न सफल रहयो ।

इडेनको जितमा रोहित गुरुङ, अरुण लिम्बु, अविन खड्का र सोमछिरिङ लाप्चाले गोल गरे । आहालेका खेलाडीले आत्मघाती गोल गरेपछि इडेनले १ गोल उपहार पाएको थियो । आहालेका लागि प्रणय राईले सान्तवना गोल फर्काए । प्रतियोगिता अन्र्तगत शनिबार समेत २ खेल हुनेछ । पहिलो खेलमा युवा क्लब एफसी र काजीफाटक तथा दोश्रो खेलमा पापा सेभेन र हिड्न जेम्स विच हुनेछ ।

प्रतियोगितामा ३६ टोलीको सहभागिता रहेको छ । एकता शान्ति क्लबको आयोजनामा आगामी माघ ७ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । क्लबका अध्यक्ष प्रेमसागर ढुङ्गानाको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा सूर्योदय नगरपालिका–९ का वडाध्यक्ष देवेन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोला, युवा समाजसेवी सोनाम योल्मो लगायतले मन्तव्य राखेका थिए । कृष्ण प्रसाद ढुङ्गानले स्वागत गरेको कार्यक्रम प्रेमसागर ढुङ्गानाले संचालन गरेका थिए ।कार्यक्रमको अवसरमा जेष्ठ नागरिक र खेलमैदान निर्माणको लागि जग्गा दिने जग्गादाताहरुलाई सम्मान गरिएको थियो ।

सम्मानितहरुलाई ढाका टोपी लगाइएको थियो । ढाका टोपी सूर्योदय सामाजिक प्रतिष्ठानका केदारनाथ अर्यालले व्यवस्थापन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार