फिक्कल । इलामको सूर्योदय नगरपालिकाले विज्ञान तथा गणित प्रर्दशनी एवम प्रतियोगिता गर्ने भएको छ । नगर शिक्षा युवा तथा खेलकुद शाखाले आगामी १५ गतेबाट २ दिवसीय कार्यक्रम गर्ने भएको हो । व्यवहारिक शिक्षा, प्रयोगात्मक सिकाई, सूर्योदय नगरपालिकाको पहिलो रोजाई भन्ने मुल नाराका साथ पौष १७ गतेसम्म करफोक विद्या मन्दिरमा कार्यक्रम गरिने भएको हो ।
नगरले यसअघि २०७८ चैत्रमा कृष्णाश्रम माध्यमिक विद्यालय कन्यामामा विज्ञान प्रर्दशनी कार्यक्रम गरेको थियो । गणित र बिज्ञानलाई ब्यवहारमा परिणत गर्ने र बिद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले नगरले हरेक बर्ष यस्ता कार्यक्रम गर्दै आएको छ । प्रतियोगितामा नगर क्षेत्रका बिद्यालय र बिद्यार्थीले सो प्रर्दशनीमा गणित र बिज्ञानका ब्यवहारीक पक्षहरु झल्कीने सामग्री निर्माण गरी प्रर्दशनीमा राखेका थिए ।
बदलिदो वातावरणीय अवस्था देखि बिभिन्न समयमा आउने महामारी र परम्परागत सामगी्र निर्माण गरी बिद्यार्थीले प्रर्दशनीमा राख्ने नगर शिक्षा शाखाका प्राविधिक नविन पौडेलले जानकारी दिए । सूर्योदय नगरपालिकाले बार्षिक कार्यक्रम अनुसार शुरु गरेको १२ महिना १२ कार्यक्रम अन्र्तगत विज्ञान प्रर्दशनी राखिएको उनले बताए ।