Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वनभोजस्थल बन्दै राजदुवाली (फोटो फिचर)

वनभोजस्थल बन्दै राजदुवाली (फोटो फिचर)

  • रोशन राई
  • शुक्रबार, पौस ८ २०७९


वनभोजस्थल बन्दै राजदुवाली (फोटो फिचर)

राजदुवाली । रङ्गशाला निर्माण थालिएको इलाम नगरपालिका १० स्थित राजदूवाली पछिल्लो समय वनभोजस्थल बन्दै गएको छ । धार्मिक महत्वको माइखोला किनारामा रहेको राजदूवाली क्षेत्र मेचीराजमार्गबाट नजिकै रहेकाले आन्तरिक पर्यटकले बनभोजस्थलका रुपमा प्रयोग गर्न थालेका हुन् ।


माइखोलाको किनार इलामको राजदूवाली क्षेत्र वनभोजस्थल बन्दै गएको छ । प्रदेश १ सरकार र इलाम नगरपालिकाले रङ्गशाला निर्माण थालेको राजदुवाली क्षेत्र आन्तरिक पर्यटकको बनभोजस्थल बनेको हो ।


इलाम नगरपालिका १० स्थित राजदूवाली माइखोलाको किनारमा रहेको छ । मेचीराजमार्गबाट ५ सय मिटर नजिकै रहेको राजदूवाली क्षेत्रमा पछिल्ला दिनमा वनभोजस्थल रुपमा आन्तरिक पर्यटकले प्रयोग गरेका छन् । रङ्गशाला निर्माणको आयोजना भएपनि राजदूवाली ऐतिहासिक क्षेत्र रहेकाले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने बनभोजका लागि पुगेका तुलाराम पुरीले बताए ।


माइखोला नजिकै रहेको र न्यानो क्षेत्र भएकाले हिउँदमा वनभोजमा रमाउनेको संख्या राजदूवाली क्षेत्रमा बढ्दो छ । दैनिक २÷४ टोली वनभोजका लागि पुग्ने राजदुवाली क्षेत्रमा बिदाको दिन १० देखि २० टोलीसम्म पुग्ने गरेका छन् । खानेपानी र यातायातको पहुँच रहेकाले वनभोजमा रमाउन पुग्नेको संख्या बढेको इलाम नगरपालिका प्रमुख केदार थापाले बताए ।


माइखोलामा ड्याम बनाएर बोटिङको व्यवस्था गरे पर्यटकहरुको झनै आकर्षण बढ्ने स्थानीयको भनाइ छ । खुल्ला क्षेत्र प्रशस्त रहेकाले रगशालासँगै मनोरञ्जनका लागि पर्यटकीय पूर्वाधार निर्माण गरे पर्यटनमार्फत आयआर्जनको काम गर्न सकिने वनभोजमा पुगेकी पुष्पा राईले बताइन्  । राजदूवाली क्षेत्रमा शौचालय अभाव रहेकाले तत्काल निर्माण गर्नुपर्ने माग रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार