Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भवानी आविको ५८ औ बार्षिक उत्सव सम्पन्न

भवानी आविको ५८ औ बार्षिक उत्सव सम्पन्न

  • लोकल सन्देश
  • मंगलबार, पौस ५ २०७९


भवानी आविको ५८ औ बार्षिक उत्सव सम्पन्न

फिक्कल । महिला शिक्षक मात्र कार्यरत रहेको सूर्योदय नगरपालिका–११ को भवानी आधारभूत बिद्यालयको ५८औं बार्षिक उत्सव सम्पन्न भएको छ । बिद्यालयको बार्षिक उत्सवको अवसरमा ४० बढीलाई सम्मान गर्नुका साथै बिभिन्न सांगीतिक कार्यक्रमका साथ सम्पन्न भएको हो । सूर्योदयको नमुना बिद्यालय बनेको भवानी आधारभुत बिद्यालयमा ८० जना बिद्यार्थी अध्ययनरत छन ।

एक समय बिद्यार्थीकै आभावमा अर्को बिद्यालयमा गाभीने अवस्थामा बिद्यालय पुगेकको थियो । तर पछिल्लो समय प्रधानाध्यापक रचना देवानको नेतृत्वमा बिद्यालयमा आमुल परिर्वतन आएको छ । बिद्यालयमा अहिले बिद्यार्थी पनि उल्लेखनिय रहेका छन । बिद्यालयले स्थानीय शैक्षिक सामग्री र नगर एबं आफनै स्रोतबाट प्राप्त गरेको शैक्षिक सामग्रीको प्रयोग गर्दै बिद्यालयमा कार्यरत शिक्षकको अथाह मेहनतबाट अहिले नगरकै नमुना बिद्यालयको रुपमा आफुलाई स्थापित भवानी आविले गरेको छ ।

बिद्यालयले यसरी शैक्षिक गुणस्तरमा छलाङ मारे सगैँ स्थानीय क्षेत्रमा रहेका बिद्यार्थी तथा अभिभावकलाई राहत मिलेको छ । सिमित स्रोत साधनको भरमा पनि बिद्यालयमा कार्यरत शिक्षकहरुको मेहनत नगरपालिका वडा कार्यलयको साथ अभिभावक तथा सरोकारवालाको माया बिद्यालय ब्यवस्थापन समितिको सहयोगले गर्दा बिद्यालयमा सकरात्मक परिर्वतन ल्याउन सफल भएको प्रधानाध्यापक देवानले बताइन्।

कार्यक्रममा बिद्यार्थी तथा शिक्षकले आर्कषक नृत्य प्रस्तुत गरेका थिए भने साना साना नानीहरुले बिद्यालय ,पुस्तक ब्रहमाण्ड , सञ्चार सामग्री, परम्परागत सामग्री लगायतको बारेमा नेपाली र अग्रेजी भाषामा प्रस्तुति राखेका थिए । नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा न ११ का वडाध्यक्ष सन्तोष राई ,करफोक बिद्या मन्दिर माविका प्रधानाध्यापक गणेश प्रसाद आचार्य , पुन्य स्मारिका आविका प्रधानाध्यापक डिल्लीराम पौडेल लगायतले मन्तब्य राखेका थिए । सांस्कृतिक कार्यक्रम बिद्यालयका बिद्यार्थीद्वय आदर्श राई र सविना राईले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार