Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सूर्योदय अन्तर मावि फुटबलको उपाधि करफोक र फिक्कललाई

सूर्योदय अन्तर मावि फुटबलको उपाधि करफोक र फिक्कललाई

  • लोकल सन्देश
  • शनिबार, पौस २ २०७९


सूर्योदय अन्तर मावि फुटबलको उपाधि करफोक र फिक्कललाई

फिक्कल । इलामको सूर्योदय नगरपालिकामा आयोजित अन्तर माध्यमिक छात्र छात्रा फुटबलको उपाधि करफोक र फिक्कल माविले जितेका छन् । वडा नं ९ को चन्द्र ग्राउन्डमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा छात्र तर्फ करफोकले फिक्कल माविलाई पराजित गर्दै उपाधि जितेको हो । छात्रा तर्फ फिक्कलले करफोकलाई पराजित गरेको हो ।

दुवैले खेलको उपाधि छिनोफानो टाइब्रेकरबाट भएको थियो । छात्रा तर्फ निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि टाइब्रेकरमा ५–४ गोल अन्तरले करफोकलाई फिक्कलले हराएको थियो । छात्र तर्फ कम्ब्याक जित निकाल्दै करफोकले उपाधि आफ्नो पक्षमा पारेको थियो । १–० ले पछि परेको अवस्थामा इन्जुरी समयको अन्तिम ३० सेकेन्डमा करफोकले गोल फर्काएर खेल बराबरी गरेको थियो ।

पहिलो हाफमा सनिम राईले गोल गर्दै फिक्कललाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयमा सब्स्टिच्युट खेलाडी अनिश राईले गोल गर्दै खेल बराबरीमा ल्याए । टाइब्रेकरमा ६–५ गोल अन्तरको जित निकाल्दै करफोकले उपाधि जित्न सफल रहयो । प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्रा तर्फ सर्वाधिक गोलकर्ता फिक्कल माविकी प्रविशा प्रधान घोषित भइन् । छात्र तर्फ सरस्वती माविका सुजन बस्नेत घोषित भए । उनीहरुले शिल्ड, मेडल र नगद पुरस्कार प्राप्त गरे । उत्कृष्ट खेलाडी छात्रा तर्फ करफोककी पूजा चिमोरिया र छात्र तर्फ करफोककै अनिश राई घोषित भए । उनीहरुले समेत शिल्ड, मेडल र नगद पुरस्कार प्राप्त गरे ।
मैत्रीपुर्णको उपाधि प्याब्सनलाई
प्रतियोगिता अन्र्तगत सम्पन्न मैत्रीपुर्ण खेलको उपाधि संस्थागत विद्यालयले जितेको छ । फाइनल प्रतिस्पर्धामा सूर्योदय नगरपालिका कर्मचारी टिम माथि ४–१ गोल अन्तरको जित निकाल्दै उपाधि जितेको हो । संस्थागत विद्यालयले सामुदायिक विद्यालयलाई हराउँदै फाइनल पुगेको हो । त्यसैगरी कर्मचारी टिमले जनप्रतिनिधि माथि १–० गोल अन्तरको जितका साथ उपाधि होडमा प्रवेश गरेका थिए ।

प्रतियोगिताको बिजेता एवम उपविजेतालाई नगर प्रमुख रणबहादुर राई लगायत अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए । सूर्योदय नगर खेलकुद विकास समितिका अध्यक्ष सौरभ आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख रणबहादुर राई रहेका थिए । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यालय प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार